कोइलाको समस्याले इँटाको मूल्य वृद्धि

काठमाडौं, ७ मंसिर । प्रदेश–१ का ८५ इँटा उद्योगमध्ये अधिकांशले कोइलाको अभावमा काँचो इँटाको काम शुरू गर्न सकेका छैनन् । इँटा उद्योगमा प्रयोग हुने प्रमुख इन्धनको रूपमा रहेको पत्थर कोइला भारतबाट आायत हुन्थ्यो । अहिले भारतले कोइला निकासी प्रतिबन्ध लगाएपछि अहिले अमेरिका र इन्डोनेशियाबाट ३ सय प्रतिशतसम्म बढी मूल्य तिरेर ल्याउनु परिरहेको उद्योगीहरूले गुनासो गरेका छन् ।

नेपाल उद्योग परिसंघका प्रदेश १ अध्यक्ष तथा एवीआई इँटा उद्योगका सञ्चालक भीम घिमिरेले २ वर्ष कोरोनाको कारण इँटा उत्पादननै हुन सकेन । यो वर्ष इँटा उत्पादन भए पनि कोइला र ज्याला बढेकाले मूल्य वृद्धि हुने बताए । उनका अनुसार यो वर्ष इँटाको मूल्य २३ रुपैया प्रतिगोटाबाट २५ रुपैयाँसम्म पुग्ने छ । २ वर्षअघि एक नम्बर इँटाको मूल्य प्रतिगोटा १८ रुपैयाँ थियो । ३ वर्षमा इँटाको मूल्यमा प्रतिगोटा ७ रुपैयाँ बढेको छ ।

९६ डलर प्रतिटनमा २ वर्ष अघिसम्म पाइने कोइला अहिले २८० डलर पुगेको छ । नेपालमा प्रतिटन ४० देखि ४२ हजार रुपैयाँसम्म पर्छ । तर, अमेरिका र इन्डोनेशियाबाट पानी जहाजबाट ढुवानी भएर आइपुग्न कम्तीमा ६ महीना लाग्ने भएकाले इँटा उद्योगलाई कोइलाको अभाव हुने भएको हो ।

एसीसी इँटा उद्योगका सञ्चालक रमेश भगतले अहिले कोइलाको उपलब्धता बढ्न र मूल्यमा केही गिरावट आउने थालेको छ । प्रतिटन २८० डलरसम्म पुगेको कोइला अहिले २४० डलरसम्म झरेको उनले बताए । २ वर्ष अघिसम्म अन्तरराष्ट्रिय बजारमा ९५ डलरप्रति टन कोइला खरीद विक्री भएको थियो ।

कोरोनाको कारण अघिल्लो २ वर्षदेखि भारतको पश्चिमबंगालबाट आउने मजदूर नआउदा नेपालका इँटा उद्योगहरूले नयाँ इँटा उत्पादन गर्न सकेका थिएनन् । केही नगन्य उद्योगले स्वदेशी कामदार लगाएर इँटा उत्पादन गरे पनि त्यसले बजार धान्न सकेको थिएन ।

कोरोना महामारी शुरू हुुनुपूर्व १८ रुपैयाँ प्रतिगोटा रहेको इँटाको मूल्य उद्योगको उत्पादन ठप्प भएपछि बढेर २३ रुपैयाँ पुगेको छ । यसपटक पनि कोइलाको मूल्य र भारतीय कामदारको मूल्य बढेका कारण नयाँ इँटा २५ रुपैयाँ गोटामा मात्र बजार पठाउन सकिने उद्योगी भगतले बताए । आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…