नर्वेका पहाडमा नेपालीले बनाएका बाटोको चर्चा

काठमाडौं, ७ मंसिर । धेरै मानिसहरुलाई बाहिरी भर्‍याङ (गोरेटो सडक) निर्माणमा नर्वे विश्वकै सबैभन्दा अगाडि छ भन्ने थाहा छैन । यससँगै अर्को तथ्य हो काठ र ढुङ्गाले उत्कृष्ट रुपमा इन्जिनियर गरिएका ती कलात्मक भर्‍याङ अत्यन्तै अप्ठेरा ठाउँमा नेपालका सीपवान शेर्पाहरुले निर्माण गरेका हुन् । तिनै भर्‍याङले नर्वेका अति सुन्दर ‘भ्युप्वाइन्ट’ सम्म पुग्न मानिसहरुलाई सम्भव बनाइ दिएको छ ।

जस्तै धेरै उचाइमा पर्ने एक प्रख्यात हिमाली ताल देखिने ठाउँसम्म पुग्न कुनै समय असम्भव ठानिएको थियो । बाटोहरु जुनसुकैबेला भत्किन सक्ने जस्ता देखिन्थे । त्यसैले मानिसहरु माथि चढ्दा तल हेर्नै सक्दैनथ्ये । तर अहिले त्यही बाटो हुँदै पर्यटकहरुले चिन्तामुक्त रुपमा सुन्दर प्रकृतिको आनन्द उठाउन सक्ने भएका छन् ।

अर्को त्यस्तो ठाउँ हो प्रेइकेस्टोलन जुन २०१९ मा नर्वेको सबैभन्दा बढी हाइक जाने ट्रेल बन्न पुगेको थियो । र यो ठाउँमा माथि पुग्दा भन्दापनि त्यहाँ जाने बाटोको धेरै चर्चा हुने गर्दछ । त्यहाँ ढुङ्गाले बिछ्याइएका अति सुन्दर भर्‍याङहरु पनि आकर्षणका केन्द्र बनेका छन् ।
वास्तवमै त्यहाँका भर्‍याङमा ऐतिहासिक सुन्दरता छ । किनकि विगत दुई दशकदेखि नेपाली शेर्पाहरुले प्रेइकेस्टोलन जस्ता झण्डै ३०० अन्य प्राकृतिक ढुङ्गाले बनाइएका भर्‍याङ सम्बन्धी परियोजना सञ्चालन गरिसकेका छन् । नत्र त्यस अघिसम्म नर्वेका पहाडहरुमा एकदमै कम स्थानीय मात्र पुग्न सक्थ्ये । तर सामाजिक सञ्जालले धेरै कुरा बदल्यो । अहिले प्रेइकेस्टोलन नर्वेको शीर्ष गन्तव्य मध्येको एकमा परेको छ जहाँ ‘शेर्पा स्टेयर्स’ नाम दिइएको भर्‍याङ नै भर्‍याङको ट्रेल अधिक चर्चामा आइरहेको छ ।

अझ कोभिड महामारीले सिमाना बन्द भएकाले पनि देशवासीहरु स्थानीय ठाउँ नै खोजी खोजी घुमिरहेका छन् । त्यसैले पनि शेर्पा पथ नै अफ्ठेरा ट्रेलसम्म मानिसहरुलाई पुर्‍याउन सबैभन्दा उत्तम समाधान बन्न पुगेको छ । अन्य हाइकिङ स्थल भन्दा विपरीत ती ट्रेलले दुर्घटना कम गर्नुका साथै पहिरो जानबाट समेत जोगाउँछन् । त्यसैले यसलाई अत्यन्तै सुरक्षित बाटो ठहर्‍याइएको हुँदा पर्यटकहरुका लागि पनि यसले नौलो र आनन्ददायक अनुभव दिलाइरहेको छ । त्यसैगरी अर्को राम्रो पक्ष भनेको यो जति पुरानो भए पनि कमजोर हुँदैन ।

यत्तिका वर्षसम्म ती कलात्मक भर्‍याङका ट्रेलहरुले ‘आउटडोर’ भ्रमणलाई पहुँच दिलाउनुका साथै र दीर्घकालीन बनाउन पनि मद्दत गरिरहेका छन् । ‘द शेर्पा स्टेयर्स’ ले नै नर्वेमा बाहिरी भ्रमणलाई सम्भव गराएको नर्वेइयन ट्रेकिङ असोसिएसनका ट्रेल सल्लाहकार टोरगेर नर्गार्ड पनि बताउँछन् । उनले भने, ‘धेरै पर्यटकहरु आउने ठाउँका लागि यो नै सबैभन्दा उपयुक्त हुन्छ । यसले प्रकृतिको अनुभव लिन धेरै सहज बनाइदिन सक्छ ।’

यसको सुरुवात गर्ने ६० वर्षीय ट्रेल निर्माण कम्पनीका मालिक, जिएर भेटीले यो काममा शेर्पाहरुलाई सहभागी गराउनु पर्छ भन्ने उपाय २० वर्ष अगाडि सपनामा देखेको बताउँछन् । उनी भन्छन्, ‘मैले उठ्ना साथ सोचें, यो कामका लागि उनीहरु जति उपयुक्त अरु कोही हुनै सक्दैन । मैले त्यसबेला नेपाल कहिल्यै भ्रमण गरेको थिइनँ । तर एउटा नर्वेइयन टोली सगरमाथा गएको सम्झिएको थिएँ र त्यसैबाट केही नामहरु खोजेर मैले शेर्पाहरुलाई मद्दत गर्न भनेर चिठी लेखेर पठाएँ ।’

शेर्पा समुदायमा बसेकाहरु अत्यन्तै कठिन पहाडी वातावरणमा पनि काम गर्न प्रतिभाशाली हुन्छन् । प्रशिक्षण प्राप्त आरोही जत्तिकै तीव्र हुन्छन् । त्यसैले पनि उनीहरु नै ट्रेल निर्माणका लागि उत्तम हुने भेटीको भनाइ छ । उनले हरेक वर्ष १२० बलिया शीपवान् शेर्पाहरुलाई विभिन्न परियोजनामा लगाउने गरेका छन् । र उनका अनुसार महामारीको समयमा समेत उनको व्यापार एकदमै बढिरहेको छ । यस गर्मी याममा मात्र ३९ शेर्पाली निर्माताहरुले देशभर २० वटा परियोजनामा काम गरेको उनले बताए ।

यस्तै पयिोजनाका लागि अन्य देशहरु जस्तै स्वीडेन र मध्य पूर्वबाट पनि माग आइरहेको उनले बताए । भेट्टी भन्छन्, ‘हरेक पहाड र प्रत्येक मार्गका आ–आफ्ना छुट्टाछुट्टै चुनौति हुन्छन् । तर शेर्पाहरु ‘सुपरह्युमन’ अर्थात आश्चर्यजनक तरिकाले सबै किसिमको उचाइ र कठिन वातावरणमा काम गर्न सक्षम हुन्छन् । उनीहरुले नर्वेका पहाडी सम्पदामा अत्यन्तै मूल्यवान् योगदान पु¥याइरहेका छन् ।’ कुनै समय अफ–सिजनका बेला मात्र आयको श्रोत रहेको यो काम अहिले वर्षभर जारी रहन्छ ।

सोलुखुम्बु जिल्लाको खुन्दे समुदायका निमा नुरी शेर्पा अन्य सातजनासँग लिनजेन एल्पस क्षेत्रमा नयाँ पहडी ट्रेल निर्माणको काम गरिरहेका छन् । उनको टोलीले एक महिनामै ४०० खुड्किला निर्माण गर्न सफल भएको छ । यसमा उनीहरुले स्थानीय ढुङ्गा ५०० टन प्रयोग गरेका हुन् र प्रत्येक खुड्किलालाई हातैले खुँदेर बनाएका छन् । जसपछि तिनलाई हेलिकप्टरबाट तल झारिएको थियो ।

उनी भन्छन्, ‘हाम्रो समुदायमा हामीले आफ्नो क्षेत्र बाहिर या भित्र सामान ओसार्न सधैँ याक नत्र आफै हिँडेर जाने गर्दथ्यौं । यही चलन धेरै पिढीदेखि चल्दै आएको छ । परम्परागत रुपमा हामीले आरोहण गर्दा गाइडको काम गर्दै आएका छौँ तर अहिले हिमाली भेगमा कम जोखिमपूर्ण भर्‍याङ बनाउनु पनि हाम्रो मूल काम बन्न पुगेको छ । यसले धेरै मान्छेलाई मद्दत पुर्‍याइरहेको छ । त्यसैले यो पनि राम्रो कर्म हो ।’

यो परियोजना सुरु भएदेखि यसको सकारात्मक प्रभाव उनीहरुको गृह जिल्ला सोलुखुम्बुमा पनि उत्तिकै परेको छ । नर्वेइयन परियोजनाबाट प्रेरित भएर उनीहरुले विभिन्न पहाडी भेगलाई जोड्ने बाटाहरु पनि निर्माण गरेका छन् । त्यस्तै आर्थिक रुपमा सम्पन्न हुनुले स्कुल, अस्पताललगायत विभिन्न सेवाजनक संरचनाहरु पनि बनेका छन् । बीबीसीबाट

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…