युरोपमा शहरहरुमा कोभिड नियमविरुद्ध प्रदर्शन, प्रहरीसँग झडप

काठमाडौं, ५ मंसिर । युरोपका केही देशमा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेको छ । जमर्नी, अस्ट्रिया, नेदरल्यान्ड्स, इटली र बेलायतमा कोरोनाको सङ्क्रमण फेरि बढिरहेको छ । सङ्क्रमण फेरि बढ्न थाले पछि त्यहाँ खोप अभियानलाई तीव्रता दिन थालिएको छ भने रोकथामका लागि प्रतिबन्धात्मक उपाय अपनाउन लागिएको बीबीसीले जनाएको छ ।

अस्ट्रियाले भोलिदेखि २० दिनसम्म लकडाउन घोषणा गरेको छ । अस्ट्रियामा सन् २०२२ को फेब्रुअरी १ तारिखदेखि कोभिड विरुद्धको खोपलाई लगाउनै पर्ने कानुनी व्यवस्था गर्न लागिएको छ । यस्तै, जर्मनीमा पनि कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको छ ।
जर्मनीले खोप नलगाएकाहरुलाई थप कडाइ गर्ने भएको छ । त्यहाँ खोप नलगाएकाहरुलाई खेल स्थल, सांस्कृतिक कार्यक्रम र रेस्टुरेन्ट जस्ता ठाउँमा प्रवेशमा निषेध गरिने भएको छ ।

कोभिड नियमविरुद्ध प्रदर्शन, हेगमा प्रहरीसँग झडप
युरोपमा कोभिड–१९ को बढ्दो संक्रमणबीच लागू गरिएका नयाँ नियम तथा प्रतिबन्धविरुद्ध हेगमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । झडपकै कारण हेगमा आपतकालीन आदेश जारी गरिएको छ । शनिबार हेगका सडकमा हुड लगाएका मानिसले साइकलमा आगो लगाएका र घोडामा चढेका प्रहरीले भीडलाई तितरबितर पार्ने प्रयास गरेका छन् । अधिकारीहरूले उक्त शहरमा आपतकालीन आदेश जारी गरेका छन् भने कम्तिमा ७ जना मानिसलाई पक्राउ गरिएको छ ।

हेगमा भएको पछिल्लो झडपका क्रममा प्रदर्शनकारीले प्रहरीमाथि पटाका फालेको र साइकलमा आगो लगाएको बीबीसीले जनाएको छ । यसअघि शनिबार रोटरडाममा भएको प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीले गोली चलाएको थियो । अवस्था जोखिमपूर्ण बन्दै गएपछि प्रहरीले सुरुमा चेतावनी स्वरुप हावामा गोली चलाएको र पछि ताकेरै गोली चलाएको एक प्रहरी अधिकारीले रोयटर्स समाचार एजेन्सीलाई बताए । प्रहरीको गोली लागेर घाइते भएका ३ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

नेदरल्याण्डमा कोभिड–१९ बाट संक्रमित हुनेको संख्या अहिलेसम्मकै उच्च भएपछि गत शनिबार आंशिक लकडाउन लगाइएको थियो । अष्ट्रिया, क्रोएसिया र इटलीमा समेत हजारौं मानिस सडकमा आएर प्रदर्शन गरेको समाचारमा बताइएको छ । कोभिडसम्बन्धी नयाँ नियम तथा प्रतिबन्धका कारण उत्पन्न आक्रोशले विरोध प्रदर्शनको रुप लिएको हो ।

अष्ट्रियाको राजधानी भियनामा देशव्यापी लकडाउन लगाउने सरकारको घोषणापछि हजारौं मानिसले विरोध प्रदर्शन गरेका छन् । त्यहाँ सोमबारदेखि २० दिनका लागि पूर्ण लकडाउन लगाइँदै छ । त्यस्तै क्रोएसियाको राजधानी जाग्रेभमा सरकारी कर्मचारीलाई खोप अनिवार्य गरिएपछि हजारौं मानिस सडकमा उत्रिएको समाचारमा उल्लेख छ । इटलीको प्राचीन मैदान सर्कस म्याक्सिमसमा समेत केही मानिसहरू उत्रिएर कार्यस्थल, सार्वजनिक सवारी र स्थलमा ‘ग्रिन पास’ अनिवार्य गरिएको विरोधमा प्रदर्शन गरेका छन् ।

डब्लूएचओ चिन्तित

यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले युरोपमा कोरोनाभाइरसका बिरामी बढ्न थालेपछि आफू ‘निकै चिन्तित भएको बताएको छ ।
डब्लूएचओका क्षेत्रीय निर्देशक डा. हान्स क्लुगेले बीबीसीसँग कुरा गर्दै कोभिडसम्बन्धी नियममा कडाइ नगरे केही महिनाभित्रै ५ लाख मानिसको मृत्यु हुने बताए । ‘हाम्रो क्षेत्रमा फेरि कोभिड–१९ मृत्युको पहिलो कारण बनेको छ’, क्लुगेले भने । भाइरससँग जुध्न खोप लगाउनुपर्ने, मास्क प्रयोग गर्नुपर्ने कोभिड ‘पास’ लागू गर्नुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…