विराटनगर जाँदै ओली, के–के छन् कार्यक्रम ?

काठमाडौं, २२ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (सोमबार) विराटनगर जाँदैछन् । पार्टीको मोरङ जिल्ला कमिटीले चाडपर्वको उपलक्ष्यमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान समारोहमा सहभागी हुन ओली विराटनगर जान लागेका हुन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका ओली काठमाडौंबाट यति एयरको जहाज चढेर सोमबार बिहान ११ बजे विराटनगर जाने कार्यक्रम रहेको नेकपा एमालेले जनाएको छ ।

यस क्रममा एमाले अध्यक्ष ओलीले विराटनगरका नेता / कार्यकर्तालाई बिहान ११ देखि २ बजेसम्म प्रशिक्षण दिने कार्यक्रम पनि रहेको एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी दिएका छन् । एमाले मोरङको पार्टी कार्यालयमा हुने कार्यक्रममा ७ हजार जनाभन्दा बढी नेता÷कार्यकर्ता सहभागी हुने उनको दाबी छ । अध्यक्ष ओली आजै काठमाडौं फर्किने जनाइएको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…