दुई महिनामै २१.५ प्रतिशत घट्यो सेयर

कार्तिक ३, काठमाडौँ । काठमाडौँ — गत भदौ २ मा सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च अंक ३ हजार १ सय ९८ मा पुग्यो । त्यसयता घट्दै गएको बजार दुई महिनापछि (कात्तिक २ मा) २ हजार ५ सय १० अंकमा ओर्लिएको छ ।

यस अवधिमा नेप्से उच्च अंकबाट २१.५ प्रतिशत घटिसकेको छ । परिसूचकसँगै दैनिक कारोबार रकममा पनि कमी आएको छ । यसअघि गत साउन ३१ मा २१ अर्ब ६४ करोड रुपैयाँको सेयर किनबेच भएको थियो । हाल ३–४ अर्बमा खुम्चिने गरेको छ । यसअनुसार मंगलबार कुल ३ अर्ब ७८ करोडको कारोबार भयो । दुई महिनाको अवधिमा लगानीकर्ताको सम्पत्तिको मूल्य कुल बजार पुँजीकरण ९ खर्ब रुपैयाँ घटेको छ । यसअघि कुल बजार पुँजीकरण ४४ खर्ब रुपैयाँसम्म पुगेको थियो । पुँजीकरण हाल ३५ खर्बमा खुम्चिएको छ ।

पछिल्लो समय बजार घट्नुको मुख्य कारण नै बैंकहरूले गरेको ब्याजदर वृद्धि रहेको सेयर विश्लेषक रवीन्द्र भट्टराई बताउँछन् । ‘ब्याजदरले खालि ऋणीलाई मात्रै असर पार्ने होइन, बैंकमा पैसा भएकाहरूले पनि झिकेर लगानी गर्न चाहँदैनन् । यसले खरिद पक्षलाई कमजोर बनाउँछ ।’

त्यसअघि राष्ट्र बैंकले ल्याएको सेयर कर्जामा ४ र १२ करोडको सीमा र हाल ब्याजदरले असर पारेको उनले प्रस्ट्याए । मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले सेयर धितोमा सेयर खरिदका लागि एक व्यक्ति वा संस्थाले बढीमा १२ करोड रुपैयाँसम्म ऋण पाउने र एक बैंक वा वित्तीय संस्थाबाट ४ करोडसम्म मात्रै पाउने गरी सीमा तोकिदिएको थियो । सीमाभन्दा बढी ऋण लिएकालाई घटाउन एक वर्षको समयसीमा दिइएको छ ।

कतिपयले दसैंपछि लगानीयोग्य रकममा सहजता आउने र ब्याजदर घट्ने अनुमान गरेका थिए । तर दसैंपछि ब्याजदर थप बढेपछि बजारलाई असर पारेको भट्टराईको भनाइ छ । यसरी बजार घट्दा जलविद्युत् र फाइनान्स उपसमूहका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । दुई महिनाको अवधिमा जलविद्युत् र फाइनान्स उपसमूहको सूचक ३४ प्रतिशत घटेको छ । बैंकिङ उपसमूह अरूभन्दा कम घटेको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…