मोतीपुरको कर्फ्यु आजबाट हट्यो

रुपन्देही, २७ असोज । रुपन्देहीको बुटवलस्थित मोतीपुर क्षेत्रमा स्थानीय प्रशासनले लगाएको कर्फ्यु आज (बुधबार) बाट हटाएको छ । मोतीपुर क्षेत्रको अवस्था सामान्य बन्दै गएपछि बुधबार बिहानदेखि कर्फ्यु हटाइएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।

मोतीपुरस्थित प्रस्तावित औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न आएका स्थानीय र प्रहरीबीच गएको आइतवार झडप भएपछि स्थानीय प्रशासनले त्यस क्षेत्रमा कर्फ्यु लगाउँदै आएको थियो । प्रहरीको गोली लागेर चार जनाले ज्यान गुमाएका थिए भने प्रहरी र स्थानीय गरी सयौं घाइते भएका थिए ।

झडपपछि स्थितिलाई नियन्त्रणमा लिन त्यस क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यु लगाउँदै आएको थियो । स्थिति सामान्य भएपछि गए राति १२ बजेदेखि कर्फ्यु हटाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए । मोतीपुर घटनामा मारिने मृतकका परिवारलाई लुम्बिनी प्रदेश सरकारले १–१ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ । थप साढे ५ लाख रुपैयाँ परिवारलाई राहत प्रदान गर्न रुपन्देही प्रशासनले सङ्घीय सरकारलाई सिफारिस गरेको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…