आजको मौसम

काठमाडौं, २७ असोज । कोरोना महामारी केहि मत्थर बनेका बेला भित्रिएको नेपाली चाड दशैं मनाउन सबै नेपालीले विभिन्न योजना बनाइरहेका छन् ।

कोरोना महामारीका कारण अघिल्लो वर्ष दशैंमा आफन्तजनसँग भेटघाट गर्न नपाएका अधिकांश यस पटक सुरक्षाका उपाय अपनाउँदै आफन्तको भेटघाटका योजना बनाइरहेका छन् । तर, मौसमले साथ देला नदेला भन्ने संकोच पनि धेरैमा छ । मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) बिहान ६ बजे आजदेखि असोज २९ अर्थात् दशैं टीकाको दिनसम्मको मौसम कस्तो होला, पानी पर्ला कि नपर्ला भन्ने विषयमा अनुमान सार्वजनिक गरेको छ ।

जारी मौसम पूर्वानुमान बुलेटिनअनुसार आज समेत ३ दिनसम्म मौसम यस्तो रहने अनुमान (नोट : मौसमविद्का अनुसार दिउँसो भन्नाले बिहान १०-११ बजेदेखि साँझ ६ बजेसम्मलाई सम्झिनुपर्छ भने राति भन्नाले साँझ ६ बजेदेखि भोलि बिहान ६ बजेसम्मको अवधिलाई बुझ्नुपर्छ)–
असोज २७ (आज)
दिउँसो : देशको पहाडी भूभागमा आंशिक (आकाशको थोरै भागमा मात्र बादल, अरू खाली) बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रही पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

राति : देशको पहाडी भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

असोज २८
दिउँसो :
 देशका प्रदेश नं १ , २, बागमती तथा बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन / चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

राति : देशका प्रदेश नं १, २, बागमती तथा बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन /चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

असोज २९
दिउँसो : देशका प्रदेश नं १, २, बागमती तथा बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन /चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

राति : देशका प्रदेश नं १, २, बागमती तथा बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन / चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…