आजको मौसम

काठमाडौं, २५ असोज । आज (सोमबार) बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशको पहाडी भू–भाममा आंशिकदेखि सामान्य बदली रहने छ । अन्य भू–भागमा सामान्यतया सफा रही पहाडी भू–भागको थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति देशको पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा सामान्यतया सफा रही एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेनिटअनुसार आगामी २७ गते अर्थात् दसैंको अष्टमीसम्म मौसम यस्तो रहने अनुमान–

असोज २५ (आज)
दिउँसो – देशको पहाडी भूभाममा आंशिकदेखि सामान्य बदली तथा अन्य भूभागमा सामान्यतया सफा रही पहाडी भूभागको थोरै स्थानमा मेघगर्जन /चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
राति – देशको पहाडी भूभागमा आंशिक बदली तथा अन्य भूभागमा सामान्यतया सफा रही एक वा दुई स्थानमा मेघगर्जन /चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
असोज २६ गते
दिउँसो –
 देशभर सामान्यतया सफादेखि आंशिक बदली रही गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन /चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
राति – देशभर सामान्यतया सफादेखि आंशिक बदली रहने छ । सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन /चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

असोज २७ गते
दिउँसो – देशको पहाडी भूभागमा आंशिक बदली तथा अन्य भू भागमा मौसम सामान्यतया सफा रही पहाडी भूभागको एक वा दुई स्थानमा मेघगर्जन /चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

राति – देशको पहाडी भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

मनसुन
मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका पूरै क्षेत्र तथा लुम्बिनी प्रदेशका पश्चिमी भेगबाट गत शुक्रबार नै मनसुन हटिसकेको छ । बाँकी स्थानमा मनसुन रहे पनि पानी पर्ने क्रम भने लगभग रोकिइसकेको मौसमविद्ले बताएका छन् ।

मौसमविद्का अनुसार प्रदेश १, २ बागमती र गण्डकीका पूरै क्षेत्र तथा लुम्बिनी प्रदेशको पूर्वी स्थानमा अझै मनसुन छ । पूरै नेपालबाट मनसुन बाहिरिन अझै ३-४ दिन लाग्न पनि सक्ने तथा चाँडै पनि हुन सक्ने सम्भावाना रहेको मौसमविद्को भनाइ छ । मौसमविद्का अनुसार नेपालबाट मनसुन बाहिरिनु पर्ने औसत मिति यही अक्टोबर २ तारिख भए पनि केही दिन ढिला भइरहेको हो ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…