जनतालाई दसैंमा चामल छैन, सांसदलाई भत्ता

सुर्खेत, २४ असोज । दसैंको मुखमा कर्णालीमा चामलको हाहाकार छ । अधिकांश खाद्य डिपो रित्ता छन् । कतिपय डिपोमा सिमित चामल उपलब्ध भएर पनि विपन्न नागरिकले आर्थिक अभावमा किन्न सकेका छैनन् । तिनै नागरिककको मत्त पाएर नीति निर्माण गर्ने तहमा पुगेका मन्त्री र सांसदले भने दसैं भव्य बनाउन सरकारी ढुकुटीबाट भत्ता बुझिसकेका छन् ।

मुख्यमन्त्री, मन्त्री र सांसदहरुले १८ लाख १३ हजार नौ सय ७० दसैं भत्ता बुझिसकेका छन् । २७ सांसदले प्रदेश सभाबाट १३ लाख ८९ हजार तथ मुख्यमन्त्री र मन्त्रीहरुले चार लाख २४ हजार नौ सय ७० भत्ता बुझेका छन् ।

कर्णालीबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरुले भने दसैंभत्ता बुझ्न पाएका छैनन् । कानुन नभएको भन्दै संसद सचिवालयले सांसदहरुलाई भत्ता दिएको छैन् । विपन्न नागरिकले नपाएर पनि राजीनतिक पहुँच भएका व्यक्तिलाई भने उपलब्ध थोरै चामल पनि सहजै प्राप्त हुने गरेको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…