रक्सौल–काठमाडौं रेलमार्ग अध्ययन हुँदै

काठमाडौं, २४ असोज । रक्सौल–काठमाडौं प्रस्तावित ब्रोडगेज रेलमार्गको फाइनल लोकेसन सर्भेका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । प्राविधिक जटिलता र कोभिड–१९ का कारण कार्यान्वयन सम्झौता हुन रोकिएको रक्सौल–काठमाडौं रेलमार्गको फाइनल लोेकेसन सर्भेका लागि नेपाल र भारतबीच हस्ताक्षर भएको हो ।

हाल सञ्चालित सीमापार रेल सञ्जालको कार्यान्वयन पक्ष तथा रेलमार्ग क्षेत्रमा समग्र द्विपक्षीय सहकार्यबारे समीक्षा गर्न नेपाल–भारत संयुक्त कार्यदलको पाँचौं बैठक तथा परियोजना सञ्चालन समितिको सातौं बैठकमा हस्ताक्षर भएको हो । उक्त बैठक २० र २१ असोजमा भारतको नयाँ दिल्लीमा बसेको थियो ।

नेपालका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच काठमाडौं–रक्सौल रेलमार्गको अध्ययन गर्ने सम्बन्धमा सन् २०१८ मा हस्ताक्षर भए पनि कोभिड–१९ र अन्य विविध प्राविधिक तयार नपुग्दा कार्यान्वयन सम्झौता रोकिएको थियो ।

सम्झौतापछि गरेको प्रारम्भिक प्राविधिक अध्ययनले करिब १ सय ३६ किलोमिटर निर्माण गर्नुपर्ने सुझाएको थियो । अध्ययनको लागि कानुनी पाटो पूरा भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव तथा प्रवक्ता केशवकुमार शर्माले बताए ।
प्रवक्ता शर्माले भने, ‘डिटेल इन्जिनियरिङ डिजाइन गर्न सम्झौताको मस्यौदामा हस्ताक्षर सम्पन्न भएको छ । कार्यान्वयन सम्झौतापत्रमा हस्ताक्षर पूरा भएसँगै अब आयोजनाले गति लिन्छ ।’

सो परियोजना दुवै देशको सरकारले यसअघि नै स्वीकृत गरिसकेका छन् । रक्सौल–जितपुर–निजगढ र सतीखेल हुँदै काठमाडौंसम्म निर्माण हुने रेलमार्गको रुट तयार भएको छ । त्यसमा भारतले अध्ययनको लागि चाहिने उपकरण तथा अन्य प्राविधिक तयारी पनि पूरा गरिरहेको जनाइएको छ ।

भारतले यसअघि अनुदान सहयोगमा भएको अध्ययन प्रतिवेदनले पनि १ सय ३६ किलोमिटर हुने सुझाएको थियो । करिब १८ महिना समय लाग्ने विस्तृत अध्ययन प्रतिवेदन पनि अनुदानमा नै हुन लागेको हो । यसरी भएको अध्ययन प्रतिवेदनको आधारमा मात्र परियोजनाको कुल निर्माण लागत कति र कस्तो मोडलमा निर्माण गर्नुपर्ने आधार तयार हुने प्रवक्ता शर्माले बताए ।

भारत–नेपाल संयुक्त कार्यदलको दुवै बैठकको नेतृत्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह–सचिव शर्माले गरेका थिए भने सम्झौतापत्रमा नेपालको तर्फबाट रेल विभागका महानिर्देशक दीपक भट्टराईले हस्ताक्षर गरेका थिए । भारतीय टोलीको नेतृत्व भारत सरकार रेल मन्त्रालय ट्राफिक यातायात विभागका कार्यकारी निर्देशक डा. मनोज सिंहले गरेका थिए भने परियोजना सञ्चालन समितिको बैठकमा भारतीय टोलीको नेतृत्व भारतीय विदेश मन्त्रालयका सहसचिव अनुराग भुषणले गरेका थिए ।

सो अवसरमा लामो समयदेखि रोकिएको जयनगर–कुर्था खण्डमा यात्रुवाहक रेल सेवा सुरु गर्नका लागि दुवै पक्षले स्ट्यान्डर्ड अपरेटिङ प्रोसेड्योर (एसओपी) मा पनि हस्ताक्षर भएको थियो ।

एसओपीले नयाँ खण्डमा यात्रुवाहक रेल सेवा सञ्चालनका लागि प्राविधिक सहयोग प्रदान गर्नुका साथै नेपालसँग आउँदो सीमापार रेलमार्गमा प्रारम्भिक रेलसेवाको सुरुवातका लागि मार्गदर्शक दस्तावेजको रूपमा काम गर्नेछ । प्रस्तावित रक्सौल–काठमाडौं ब्रोड गज रेलमार्गले भारत र नेपालबीचको कनेक्टिभिटीलाई अझ मजबुत बनाउने विश्वास लिइएको छ । कारोबार दैनिकबाट

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…