सन् २०२१ सम्म विश्वका ४० प्रतिशतलाई खोप लगाउने डब्लुएचओको लक्ष्य

काठमाडौं, २३ असोज । विश्व स्वास्थ्य संगठनले सन् २०२१ को अन्त्यसम्ममा विश्वका कम्तीमा पनि ४० प्रतिशत जनसंख्यालाई खोप लगाइसक्नुपर्ने लक्ष्य निर्धारण गरेको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशमा सन् २०२२ को मध्य सम्ममा कम्तीमा पनि ७० प्रतिशत नागरिकले दुवै अर्थात् पूरा मात्रा खोप लगाउनुपर्ने लक्ष्य निर्धारण गरेको हो ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेडरस आधनम गेब्रियसले संगठको यो लक्ष्यका बारेमा विश्वका देशहरुलाई जानकारी गराएका हुन् । विश्वका कोरोनाविरुद्धको खोप एक चुनौती बन्दै गएको भन्दै उनले यसका लागि आवश्यक वातावरण बनाउन पनि विश्वका देशहरुलाई आग्रह गरेका छन् ।

बाँच्न पाउनु हरेक नागरिकको अधिकार हो भन्दै विश्वका धनी देशहरुले गरिब तथा तेस्रो विश्वका देशहरुलाई कोरोनाविरुद्धको खोपको सहयोगका लागि पनि आग्रह गरेका छन् । एजेन्सी

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…