मन्त्री नबनाएको भन्दै जसपामा असन्तुष्टले जलाए उपेन्द्र यादवको पुत्ला

वीरगञ्ज, २३ असोज । शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता पाएसँगै सत्तारुढ जनता समाजवादी पार्टी नेपाल (जसपा) मन्त्री बन्न नपाउने नेताहरुमा असन्तुष्टि जनाएका छन् । आफूलाई मन्त्री नबनाएको झोंकमा केही नेता कार्यकर्ताले वीरगञ्जमा जसपा अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाएका छन् ।

प्रतिनिधिसभा सदस्य प्रदीप यादवलाई मन्त्री नबनाएको भन्दै पर्साको वीरगञ्जमा जसपाको झण्डा र अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाइएको छ । पर्साबाट मन्त्री नबनाएको भन्दै आक्रोशित युवाको एक समूहले जसपाको झण्डा जलाउनुका साथै र अध्यक्ष यादवको पुत्ला जलाएको हो ।

पर्साको निर्वाचन क्षेत्र नम्बर–१ का सांसद प्रदीप यादवलाई मन्त्री नबनाएको आक्रोशमा उनकै दल जनता समाजवादी पार्टी (जसपा) का कार्यकर्ताको एक समूह विरोध प्रदर्शनमा उत्रिएको हो । यसक्रममा सांसद यादवका कार्यकर्ता र समर्थकहरुले जसपा पार्टी कार्यालयको साइनबोर्ड समेत झिकेर आगो लगाएका छन् ।

अर्का सांसद प्रमोद साहले आफूलाई धोका भएको भन्दै सामाजिक सञ्जालमा गुनासो पोखेका छन् । अध्यक्ष उपेन्द्र यादवकै आफन्त अमरेन्द्र यादवले समेत सामाजिक सञ्जालमा रेणु यादव र महिन्द्र राय यादवलाई मन्त्री बनाएको भन्दै असन्तुष्टि पोखेका छन् ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…