दशैंको मुखमै दुई नाबालक छोराको हत्यापछि आमाले गरिन् आत्महत्या

धनुषा, २३ असोज । धनुषाको नगराइनकी एक महिलाले दशैंको मुखमा दुई नाबालक छोराको हत्या गरेर आफूले पनि आत्महत्या गरेकी छिन् ।

धनुषाको नगराईन नगरपालिका–४ लगकी गुरुदेव साहकी श्रीमती गुडियादेवी साहले शुक्रबार साँझ दुई नाबालक छोराको हत्यापछि आफूले पनि आत्महत्या गरेकी हुन् । श्रीमान घर बाहिर रहेको बेला ५ वर्षीय छोरा अभिषेक र ३ वर्षीय छोरा आदित्यलाई डोरीले घाँटी कसेर हत्या गरेपछि उनले पनि आत्महत्या गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । गुडियादेवीले झुण्डिएर आत्महत्या गरेकी हुन् ।

‘श्रीमान केही कामको शिलशिलामा जनकपुर गएको बेला गुडियाले साँझ ६ बजेतिर आफ्नै घरमा दुई नाबालक छोराको डोरीले घाँटी कसेर हत्या गरिछन्,’ बस्नेतले भने, ‘नाबालक दुई छोराको हत्यापछि उनले पनि सोही डोरीले पासो लगाएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धनबाट खुलेको छ । थप अनुसन्धान गरिरहेका छौं ।’

प्रहरीका अनुसार गुडियाले घटना गर्नुअघि ३ बजेतिर श्रीमानलाई फोन गरेर घर कतिबजे फर्किने भनेर सोधेकी थिइन् । गुडिया र गुरुदेवबीच प्रेम विवाह भएको थियो । प्रेम विवाह माइती पक्षले हालसम्म स्वीकार नगरेको पाइएको प्रहरीले जनाएको छ ।

‘घरमा श्रीमानसँग कुनै विवाद देखिँदैन, माइतीपक्षले आफ्नो विवाह अस्वीकार गरेकै कारण उनले छोराहरुको हत्यापछि आत्महत्या गरेको जस्तो देखिन्छ,’ डिएसपी बस्नेतले सुनाए । तीनै जनाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…