लुम्बिनी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै

बुटवल, २२ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आज (शुक्रबार) मन्त्रीमण्डल विस्तार गर्ने तयारी गरेका छन् । माओवादी केन्द्रले मन्त्रिपरिषद्मा सहभागी हुने व्यक्ति टुंगो लगाएपछि मुख्यमन्त्री केसीले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

माओवादीले दाङका इन्द्रजित थारु र बर्दियाका तिलकराम थारुलाई मन्त्री बनाउन लागेको बताइएको छ । लुम्बिनी प्रदेशमा माओवादीले मुख्यमन्त्रीसहित चार मन्त्रालय पाएको थियो । तर नेकपा एकीकृत समाजवादी सरकारमा समावेश भएपछि माओवादीसँग मन्त्रालय संख्या तीन मात्रै छ । नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी रमा घर्ती एक मात्र सांसद भएकाले उनलाई पनि मन्त्री बनाइने भएको छ ।

भागवण्डामा ४ मन्त्रालय पाएको कांग्रेसबाट दुई जना मन्त्री भइसकेका छन् भने दुई जना मन्त्रीको पनि नाम टुंगो लगाइएको छ । लुम्बिनीमा नयाँ गठबन्धनको सरकार गठन भएपछि भागवण्डा पुर्‍याउन मन्त्रालय विभाजित गरिएको छ । तर नयाँ मन्त्रालय राख्ने ठाउँ समेत नभएकाले मन्त्री थप्न भने ढिलाई भएको हो ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…