अस्ट्रेलियामा मृत्यु भएका मानन्धरको शव नेपाल ल्याउन ३० हजार डलर संकलन

अस्ट्रेलियाको डार्विन शहरमा कारको ठक्करबाट मंगलबार निधन भएका २२ वर्षिय समिर मानन्धरको शव नेपाल पठाउनका लागि तिन घण्टामै ३० हजार डलर भन्दा बढी रकम संकलन भएको छ ।

नेपलीज एशोसियसन अफ नर्दन टेरिटोरी (NANT) र गैर आवासिय नेपाली संघ नर्दन टेरिटोरीले संयुक्त रुपमा सहयोगको अपिल गरेको थियो। २५००० डलर को लक्ष सहित ३ दिन को समय राखी सामाजिक संजालमा अपिल गरिएको गैर आवासिय नेपाली संघका नर्दन टेरिटोरी संयोजक विष्णु चापागाइले बताए ।

चापागाईले  “अपिलको एक घण्टामै १० हजार डलर र दुइ घण्टापछि २५ हजार डलर संकलन भएको र तेस्रो घण्टा सम्म आइ पुग्दा ३० हजार भन्दा बढी रकम जम्मा भइसकेको जानकारी दिए।  सहयोग उपलब्ध गराउने सबैलाई धन्यवाद दिदै चापागाइले यत्ति छोटो समयमै पैसा उठ्नु भनेको एक नेपालीलाई दुख पर्दा नर्दन टेरिटोरीका नेपालीहरु कत्तिसम्म एकजुट हुने गरेको बताए ।

रकम जम्मा गर्ने र शवलाइ नेपाल पठाउने जिम्मा पाएका एन ए एन टि सोसियल वेल्फारे कमिटिका संयोजक बाबुराम भट्टराईले नेपाली समुदायले देखाएको उदारताको कारण छोटो समयमानै यति ठुलो रकम जम्मा गर्न सफल भएको बताए ।

समिर मानन्धर शव नेपाल पठाउन लाग्ने १४४९२ डलर तिरी सकेको र शव नेपाल पठाउन सम्पूर्ण कार्य सम्पन्न भइ सकेको जानकारी एन ए एन टि  अध्यक्ष युवराज पन्तले जानकारी दिए। इन्सोरेन्सबाट समेत रकम निकासाको तयारी भइरहेको, यदी इन्सोरेन्सबाट पैसा आएमा संकलन भएको रकम सहित समिरको परिवारलाई हस्तान्तरण गरिने र समीरको आत्माको शान्तिको लागि दीप प्रज्वलन कार्यक्रमको आयोजना गर्ने जानकारी समेत उनले दिए ।

मोटरसाइकलमा सवार २२ वर्षिय युवकलाई डार्बिनबाट ४० किलोमिटर पर नोनाम टेभनस्थित स्ट्राउट राजमार्गमा कारले ठक्कर दिएको थियो । गम्भिर चोट लागेको युवकको केही समयपछि नै निधन भएको हो । उनलाई ७४ वर्षिय पुरुष चालकले गुडाएको कारले ठक्कर दिएको प्रहरीले जनाएको छ । टिआर भिषामा रहेका मानन्धर साथीसंग दुइ छुट्टा छुट्टै मोटरसाइकलमा घुम्न गएका बेला दुर्घटनामा भएको थियो ।

 

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…