दुवै खोप लगाएका भारतीय सहजै नेपाल आउन सक्ने

बाँके, २१ असोज । घुमघामका लागि नेपाल आउने पर्यटकलाई लक्षित गरी स्थानीय प्रशासनले नेपालगन्ज नाकामा सहज प्रवेशको व्यवस्था गर्न थालेको छ । नेपाल आउने पर्यटकले ७२ घण्टाभित्रको पिसिआर रिपोर्ट देखाउनुपर्ने प्रावधान हटाएर स्थानीय प्रशासनले कोरोनाविरुद्ध दुवै डोज खोप लगाएकालाई प्रवेश दिन थालेको हो ।

७२ घण्टाको रिपोर्ट देखाउनुपर्ने प्रावधानले भारतीय यात्रुलाई सास्ती भएपछि खोप कार्डलाई मान्यता दिएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत भण्डारीले बताए । उनले खोप कार्डले भारतीयलाई नेपाल आउन सहज भएको बताउँदै नेपालगन्ज नाकामा भारतीय गाडीको लाइन पनि कम भएको बताए ।

भारतीय गाडीमार्फत नेपाल आउने भारतीय पर्यटकले कोरोनाविरुद्धको दुवै डोज खोप लगाएको प्रमाणित गर्ने कागजात देखाए सहजै नेपाल प्रवेश गर्न दिनू भन्ने आदेश आएकाले त्यसैअनुसार गर्न थालिएको छ,’ इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज सइ मीनबहादुर विष्टले भने ।

यसअघि ७२ घन्टाभित्रको पिसिआर रिपोर्ट ल्याउनुपर्ने प्रावधान थियो । सो प्रावधान झन्झटिलो भएको गुनासो आउने गरेको थियो । त्यसपछि प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको नेतृत्वमा बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारी, नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीको बैठकले कोरोनाविरुद्ध दुवै डोज खोप लगाएका भारतीयलाई प्रवेश गर्न दिने निर्णय गरेको हो । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…