चोरी र पाकेटमारले भरिए काठमाडौं प्रहरीका हिरासत कक्ष

काठमाडौं, १९ असोज । महानगरीय प्रहरी परिसर काठमाडौं मातहतका हिरासत कक्ष चोरी र पाकटेमारसँग सम्बन्धित व्यक्तिले भरिएका छन् । परिसर र उसको मातहत गरी काठमाडौं प्रहरीको १५ हिरासत कक्ष छन् ।

पर्वलक्षित चलाएको विशेष अपरेसनमा काठमाडौं प्रहरीले दुई सय सात चोरी र पाकेटमारसँग सम्बन्धित व्यक्ति पक्राउ गरेको छ । २० दिनको अपरेसनपछि प्रहरीले ठूलो संख्यामा चोरी र पाकेटमारसँग सम्बन्धित अभियुक्त पक्राउ गरेको हो । उनीहरूमध्ये ४६ लाई पुपक्र्षका लागि कारागार चलान गरिएको छ । बाँकी एक सय ६१ विरुद्ध अनुसन्धान जारी छ । उनीहरूलाई अहिले मातहतका १५ हिरासत कक्षमा बाँडेर राखिएका छन् । पक्राउ पर्ने अभियुक्तको संख्या ठूलो, तर हिरासतकक्ष साँघुरो हुँदा उनीहरूको व्यवस्थापन गर्न प्रहरीलाई हम्मेहम्मे परेको छ ।

‘२० दिनको अपरेसनमा हामीले दुई सय सात चोरी र पाकेटमार धन्दामा संलग्न अभियुक्त पक्राउ गर्‍यौं । त्यसमध्ये ४६ जना जेलमा छन् । बाँकी हाम्रै हिरासत कक्षमा छन् । त्यसैले अहिले हाम्रा सबै हिरासतकक्ष चोरी र पाकेटमार धन्दामा संलग्न अभियुक्तले भरिएका छन्,’ काठमाडौं परिसर प्रमुख एसएसपी अशोक सिंहले भने ।

प्रहरीका अनुसार सबैभन्दा धेरै चोरी र पाकटेमार धन्दासँग सम्बन्धित अभियुक्त नयाँ बानेश्वर, महाराजगन्ज, बालाजु, बौद्ध, कलंकी क्षेत्रबाट पक्राउ परेका छन् । पक्राउ परेकामध्ये अधिकांश सार्वजनिक बसका यात्रीलाई लुट्ने धन्दामा संलग्न रहेको देखिएको छ । बाँकी सुनसान घर तथा डेरा चोरी गर्ने र भिडभाडको फाइदा उठाउँदै लुट्ने धन्दामा संलग्न छन् । ‘धेरै अभियुक्त नयाँबानेश्वर, महाराजगन्ज, बालाजु, बौद्ध, कलंकी क्षेत्रबाट पक्राउ परेका छन् । यसमा सबै वृत्तको सक्रिय भूमिका छ । विशेष गरी सार्वजनिक बसमा यात्रा गर्ने यात्रु लुट्नेहरू धेरै पक्राउ परेका छन्,’ एसएसपी सिंहले भने ।

परिसरका अनुसार पक्राउमध्ये अधिकांश पटके र केही नयाँ चोर र पाकेटमार छन् । पटकेहरू अन्य विभिन्न अपराधमा पनि संलग्न रहेको भेटिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशमा उनीहरूलाई पुपक्र्षका लागि कारागार चलान गरिएको हो । प्रहरीले राजधानीमा सक्रिय र निष्क्रिय सबै टोलेगुन्डा तथा डनका गतिविधिमाथि पनि निगरानी बढाएको छ । तर, उनीहरूलाई पक्राउ भने गरेको छैन ।

पर्वका वेला हुन सक्ने सम्भावित अपराध रोक्न प्रहरीले यो अपरेसन चलाएको एसएसपी सिंहले बताए । ‘यो पर्वको समय हो । यसवेला मौका ढुकेर बसेकाहरूले अपराध गर्न सक्छन् । विगतका घटनाले यसलाई पुष्टि गरेको छ । यस्ता घटना हुन नदिन हामीले अपरेसन चलाएका हौं’, उनले भने । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…