खाडी र मलेसियामा मात्र ९,३१७ ले गुमाए ज्यान

काठमाडौं, १९ असोज । रोजगारीका लागि विदेश गएका नेपाली श्रमिकले अकालमै ज्यान गुमाउने गरेको तथ्यांक भयावह छ । ०६५ देखि अहिलेसम्मको १३ वर्षमा नौ हजार ६ सय ६४ जनाले ज्यान गुमाएका छन् ।

तीमध्ये नेपाली श्रमिकका प्रमुख गन्त्यव्य खाडी र मलेसियामा मात्रै नौ हजार तीन सय १७ जनाको मृत्यु भएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको तथ्यांकअनुसार सबैभन्दा धेरै मलेसियामा तीन हजार दुई सय ४२ जनाको मृत्यु भएको छ ।

त्यस्तै, साउदी अरेबियामा दुई हजार ६ सय ६८, कुवेतमा तीन सय ५१, बहराइनमा एक सय ४४, ओमनमा ७४, जापानमा ४२ र दक्षिण कोरियामा एक सय ४८ जनाको ज्यान गएको छ । यी देशमा ह्दयघातबाट मात्रै दुई हजार एक सय १७ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै, सडक दुईघटनामा एक हजार दुई सय ५४ र कार्यस्थलमा सात सय १३ जनाको मृत्यु भएको छ । एक हजार एक सय चार जनाले त आत्महत्या गरेको डरलाग्दो तथ्यांक छ । बोर्डले नेपाली श्रमिक रहेका ५० देशको तथ्यांक अद्यावधिक गरेको छ ।

उता बेलायतको हड्र्सफिल्ड र बर्नमाउथ युनिभर्सिटीमा अध्यायपन गराउने नेपाली अनुसन्धानकर्ताको समूहले गरेको अनुसन्धानमा पनि धेरै नेपाली श्रमिकले हृदयघातलगायत मुटुसम्बन्धि समस्याले ज्यान गुमाउनुुपरेको उल्लेख छ । उनीहरुले सम्बन्धित मुलुकमै कार्यरत एनआरएनए सदस्यसमेतको सहयोगमा सन् २००८ देखि २०१९ सम्मको रिपोर्ट तयार पारेका थिए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…