बढ्यो इन्द्रसरोवरको जलाशय सतह, बस्तीमा खतरा

काठमाडौं, १८ असोज । कुलेखानी जलविद्युत् आयोजनाको जलाशय इन्द्रसरोवरको सतह बढेपछि कुलेखानी खोला वरपरका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

जलाशय क्षेत्रमा भइरहेको वर्षाका कारण आइतबार मध्याह्नबाट जलाशयको सतह बढेर समुद्री सतहबाट एक हजार ५२९ दशमलव ९५ मिटर पुगेको छ । पानीको सतह बढेसँगै बढी भएको पानी ड्याम्पसँगै रहेको द्वारबाट जाने क्रम सुरु भएको छ । कुलेखानी जलविद्युत् आयोजना प्रथमका प्रमुख धीरेन्द्र चौधरीले जलाशय भरिन अब पाँच सेन्टिमिटर मात्र बाँकी रहेको बताउँदै जलाशयमा हावासँग उठ्ने छालका कारण बढी भएको पानी पोखिएर कुलेखानी खोलामा मिसिन थालेको जानकारी दिए ।

पानीको सतह बढ्ने क्रम जारी रहेको र जलाशय क्षेत्रमा थप वर्षा भएमा जलाशय भरिएर निस्कने पानी कुलेखानी खोलामा मिसिने भएकोले कुलेखानी खोला र बागमती नदीको सतह समेत बढेर जोखिम बढ्ने उनले बताए । ‘जलाशयमा बढी भएको पानी पठाउन गेट भने खोलेका छैनौं’, उनले भने, ‘कुलेखानीका तीनवटै आयोजना दिउँसो पूर्ण क्षमतामा सञ्चालन भएको थियो ।’ मागका आधारमा आयोजनाबाट विद्युत् उत्पादन हुँदै आएको उनले उल्लेख गरे ।

यसैबीच इन्द्रसरोवर गाउँपालिकाले जलाशयबाट निस्किएको पानी कुलेखानी खोलामा मिसिन थालेको बताउँदै सम्भावित जोखिमबाट बच्न पालिका क्षेत्रका बासिन्दासँग आग्रह गरेको छ । बस्ती नजिक बाढी, पहिरो र डुबानको सम्भावित जोखिम रहेको भन्दै पालिकाले नदी र खोलामा माछा मार्ने, पौडी खेल्ने, काठ दाउरा सङ्कलन नगर्न र त्यस्तो क्षेत्रमा नजान सार्वजनिक सूचना जारी गरेको छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…