आईपीएल : कोलकाताले हैदराबादलाई ६ विकेटले हरायो

काठमाडौं, १८ असोज । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्स विजयी भएको छ । दुबईमा गए राति भएको खेलमा कोलकाताले सनराइजर्स हैदराबादलाई ६ विकेटले हराएको हो ।

हैदराबादले दिएको १ सय १६ रनको लक्ष्य कोलकाताले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर भेट्टायो । कोलकाताको जितमा सुबमन गिलले ५७ रनको अर्धशतकीय पारी खेले भने नितिष रानाले २५ तथा दिनेश कार्तिकल १८ रन बनाए । हैदराबादका जासन होल्डरले २ तथा रसिद खान र सिद्धार्थ कुलले एक /एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो ।

हैदराबादका केन विलियम्सनले २६, अब्दुल समादले २५, प्रियम गार्गले २१ रन र ज्यासन रोयले १० रन जोड्नु बाहेक अरुदले दोहोरो अङ्क जोड्न सकेनन् । कोलकाताका टिम साउथी, शिवम माभी र वरुण चक्रवर्तीले २ / २ विकेट लिए भने शकिब अल हसनले एक विकेट लिए ।

जितसँगै १३ खेलमा १२ अङ्क जोडेर कोलकाता चौथो स्थानमा रहेको छ । १२ खेलमा २ खेल मात्र जितेर ४ अङ्क जोडेको हैदराबाद पुछारमा छ । हैदराबाद प्रतियोगिताबाट बाहिरिइसकेको छ । यसअघि आईपीएलमा हिजै भएको अर्को खेलमा पञ्जाब किङ्ग्सलाई ६ रनले हराउँदै रोयल च्यालेञ्जर्स बेङ्ग्लोर आईपीएल क्रिकेटको क्वालिफायरमा पुगेको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…