राप्रपा अध्यक्ष राणाद्वारा मेलम्चीमा पुल बनाउने प्रतिबद्धता व्यक्त

सिन्धुपाल्चोक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशम्शेर जबराले चन्द्र शम्शेरको पालामा बनेको झोलुङ्गे पुल र आफू मन्त्री हुँदा बनाएको पक्कीपुल बाढीले बगाएको भन्दै आफूले ती पुल बनाउने प्रतिबद्धता जनाएका छन् ।

राप्रपा सिन्धुपाल्चोक क्षेत्र–२ तथा प्रदेश क र ख को मेलम्चीमा अधिवेशन उद्घाटन गर्दै मेलम्ची बाढी आएर तहसनहस बनाएको घटनाले आफू दुःखी व्यक्त गर्दै आफूले ती पुल बनाउने प्रतिबद्धता जनाएभएका हुन् । ठूला दलले जनभावनाअनुसार काम गर्न नसकेको राणाले बताए

तत्काल राहत र उद्धारको काम सकिएको भन्दै राणाले अब सरकारले बस्ती स्थानान्तरण र व्यवस्थापनमा जोड दिनुपर्नेमा सरकारको ध्यानाकर्षण गरेका छन् ।

जनताले कम्युनिष्टलाई पाँच वर्ष शासन गर्न आदेश दिए पनि कम्युनिष्टले भ्रष्टाचार र बेथिति गरेर जनतालाई दुःख दिएको राणाले आरोप लगाए । कांग्रेस सरकारले पनि तीन महिना हुन लाग्दा पनि मन्त्री परिषद्लाई पूर्णता दिन नसकेकाले अब ठूला दलले जनभावनाको कदर गर्न नसक्ने राणाले ठहर गरे ।

वडा, नगर, गाउँँ, क्षेत्र, जिल्ला हुँदै केन्द्रीय अधिवेशन सम्पन्न गर्न उनले कार्यकर्तालाई निर्देशन दिदै केन्द्रीय अधिवेशनपछि हुने चुनावमा राजसंस्था र हिन्दू राज्यको मागसहित जनतामाझ जाने र राप्रपालाई मतदाताले विश्वास गर्नेमा आफू ढुक्क रहेको समेत धारण व्यक्त गरे ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…