एक करोड ४० लाखले लगाए कोभिडविरुद्धको खोप

काठमाडौं, १६ असोज । नेपालमा एक करोड ४० लाख बढीले कोरोना भाइरस संक्रमणविरुद्धको खोप लगाएका छन् । पछिल्लो २४ घण्टामा ८३ हजार तीन सय ७३ मात्रा खोप लगाएसँगै कोरोना विरुद्धको खोप लगाउनेको संख्या एक करोड ४० लाख ४२ हजार ८८८ जना पुगेको स्वासथ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उनीहरुमध्ये ६३ लाख ४८ हजार २७९ जनाले पूर्ण मात्रा र ७६ लाख ९४ हजार ६०९ जनाले एक मात्रा खोप लगाएका छन् । नेपालमा लक्षित जनसंख्या मध्ये २९.२ प्रतिशतले कोभिड–१९ विरुद्धको दुवै मात्रा खोप लगाएका छन् ।

यता पछिल्लो २४ घण्टामा ८६७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ८,२१९ जनाको नमुना परीक्षण गर्दा ८६७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा सात लाख ९६ हजार ६१८ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९१ हजार ९२९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

थप १,१२३ जना निको भएसँगै कोरोना सङ्क्रमण मुक्त हुनेको संख्या सात लाख ६७ हजार ८१९ जना पुगेको छ । थप नौ जनासहित कोरोना भाइरसको सङ्क्रमणको कारण अहिलेसम्म ११ हजार १५७ जनाले ज्यान गुमाएका छन् । अहिले १७ हजार ६४२ जना सक्रिय सङ्क्रमित रहेकामा ३५० जनाको आईसीयू र ११२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…