११ हजार पूर्व राष्ट्र सेवकले लिए कानुन विपरीत ४० करोड दोहोरो सुविधा

काठमाडौं, १७ असोज । पूर्व राष्ट्रसेवकको सुविधाबारे सामाजिक सुरक्षा ऐन भन्छ कि पेन्सन लिनु कि सामाजिक सुरुक्षा भक्ता । तर, करिब ११ हजार पूर्व राष्ट्रसेवकले कानुन विपरीत पेन्सन र सामाजिक सुरक्षा भक्ता दुवै लिँदै आएका छन् । दोहोरो सुविधा लिनेमा पूर्व निजामती, पूर्व सुरक्षाकर्मी र पूर्व शिक्षक धेरै छन् ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले हालै गरेको छानबिनपछि दोहोरो सुविधान लिँदै आएकाहरुको सूची तयार गरेको छ । विभागले त्यस्ता दुई हजार चार सय ६६ पूर्व राष्ट्रसेवक कर्मचारीलाई लाभग्राहीको सूचीबाट हटाएको छ । उनीह्रुको लगतकट्टा गरेको छ । आठ हजार सात सय ६३ माथि छानबिन अघि बढाएको छ । उनीहरुमध्ये अधिकांशले दोहोरो सुविधा लिइरहेको विभागको भनाइ छ ।

कानुनविपरीत दोहोरो सुविधा लिने ११ हजारलाई लाभग्राहीबाट हटाउँदा महिनामै राज्यको तीन करोड ३० लाख रुपैयाँ बचत हुन्छ, जुन वर्षमा झन्डै ४० करोड हुन आउँछ । दोहोरो सुविधा लिइरहेको रकम उनीहरुले फिर्ता नगरे कानुनी कारबाहीको बाटोमा जाने विभागका महानिर्देशक जितेन्द्र बस्नेतले बताए ।

‘दोहोरो सुविधा लिनेको लगतक्टा गरी यसरी लिइएको रकम फिर्ता गराउन स्थानीय तहहरुलाई पत्राचार गरिएको छ,’ बस्नेतले भने, ‘यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेर छानबिन भइरहेको छ, कसैले फिर्ता नगरे कानुनी कारबाही हुन्छ।’ नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…