दुवै खुट्टा गुमाएका नबिवले हातले हिंडेर गरे मनास्लुको सफल आरोहण

काठमाडौं, १६ असोज । दुवै खुट्टा गुमाएर रुसी नागरिक रुस्थम नविवले मनास्लु हिमालको सफल आरोहण गरेका छन् । सन् २०१५ मा रुसको ओमस्कमा ब्यारेक भत्किँदा दुवै खुट्टा पूर्णरुपमा गुमाएर पनि बाँच्न सफल उनले शनिबार विहान १० बजे ८,१६३ मिटर अग्लो मनास्लु हिमालको सफल आरोहण गरेका हुन् ।

दुवै खुट्टा गुमाएर पनि हिम्मत नहारेका २८ वर्षीय उनले मनास्लु हिमालको सफल आरोहण गरेको पुष्टि इम्याजिन नेपाल ट्रेक एण्ड एक्सिपिडसनका प्रबन्ध निर्देशक मिङ्माग्याल्जे शेर्पाले गरे । ‘दुवै खुट्टा गुमाएका कुनै पनि आरोही पहिलो पटक हातले टेकेरै शिखरमा पुगेका छन्’, उनले भने, ‘मनास्लु शिखर चुम्न गरिएको यो कुनै सजिलो अभियान थिएन । तर रसियन नागरिकले हातले टेकेर नै ८,१६३ मिटर अग्लो शिखर चुम्दै यो कीर्तिमान बनाउन सफल भएका छन् ।’

यसअघि पनि १५ घण्टा हातले हिँडेर सन् २०२० मा उनले युरोपको सबैभन्दा अग्लो हिमाल माउण्ट एल्ब्रस आरोहण गरेका थिए । माउण्ट एल्ब्रसको उचाइ केबल ५,६४२ मिटर छ । उनी सेप्टेम्बर २७ मा मनास्लु हिमाल आरोहणका लागि बेसक्याम्प पुगेका थिए । उनले बेस क्याम्पबाट शिखर आरोहण थाल्दै आफूलाई हातले नै घिसारेर अघि बढाएका थिए ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…