आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, १७ असोज । नेपालमा फेरि मनसुन अझै सक्रिय भएको छ । नेपालमा मनसुनको बहिर्गमनको औसत मिति अक्टोबर २ रहे पनि यस वर्षको मनसुन हालसम्म पनि सक्रिय अवस्थामा नै रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

‘यस वर्षको मनसुनको बहिर्गमनको मिति औसतभन्दा केही समय ढिलो हुने देखिएको छ’, मौसम पूर्वानुमान महाशाखाले भनेको छ, ‘हाल भारतको दक्षिण बिहार तथा आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभावका कारण देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।’

न्यून चापीय क्षेत्रको प्रभावका कारण आज देशका केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज दिउँसो प्रदेश–१ र प्रदेश–२ का थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश–२ का एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाले जनाएको छ ।

आज राति देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश–१ र प्रदेश–२ का धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१ र प्रदेश–२ का थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
भारी वर्षाको पनि संभावना रहेकाले उक्त स्थानका पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

कन्काई, कमला, वाग्मती र यसका सहायक नदीजलाधार लगायत प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशको चुरे र तराई भई बहने केही स–साना नदीहरुमा बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बहाब हुन सक्ने जनाइएको छ । सोमबार दिउँसोसम्म उल्लेखित नदीहरुका तटीय क्षेत्रहरु तथा डुबान हुने क्षेत्रहरुमा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…