ब्राजिलमा राष्ट्रपति जैर बोल्सोनारोबिरुद्ध हजारौंको प्रदर्शन

काठमाडौं, १७ असोज । ब्राजिलमा राष्ट्रपति जैर बोल्सोनारोको बिरोधमा हजारौं प्रदर्शनकारीहरु सडकमा उत्रेका छन् । ब्राजिलको बिपक्षी दल र ट्रेड युनिएनको संयुक्त आयोजनामा गरिएको प्रदर्शनमा हजारौं सर्वसाधारणको सहभागिता रहेको छ ।

राष्ट्रपति बोल्सोनारोले कोरोना महामारी नियन्त्रणमा लापरवाही गरेका कारण ६ लाख भन्दा बढीको ज्यान गुमाउनु परेको भन्दै उनीहरुले राष्ट्रपतिको पदत्यागको माग गर्दै नारबाजी गरे ।

राष्ट्रपतिका कारण देशमा भ्रष्टाचार, गरिबी, भोकमरीको समस्या बढेको भन्दै लोकतन्त्रका रक्षाका लागि जनता एकजुट भएको प्रदर्शनकारीहरुको भनाई छ । ब्राजिलको रियो दि जेनेरियो लगाएत १६० शहरमा एकै समय भेला भएका प्रदर्शनकारीहरुले राष्ट्रपतिले पदत्याग नगरेसम्म प्रदर्शन जारी राख्ने बताएका छन् । यसैबीच राष्ट्रपति बिरुद्ध ब्राजिलको तल्लो सदनमा महाअभियोगको मुद्दा दायर भएका छन् ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…