छ टोलीद्वारा बजार अनुगमन

काठमाडौं, १६ असोज । सरकारले काठमाडौं उपत्यकामा चाडपर्व लक्षित गरी बजार अनुगमनलाई तीव्र बनाएको छ । चाडपर्वमा बढी सामानको माग र खपत हुने हुँदा बजारमा खाद्यवस्तुको कृत्रिम अभाव सिर्जना गरेर मूल्य बढाउने, गुणस्तरहीन वा म्याद नाघेका सामान बिक्री गर्ने र नापतौलमा ठगी गर्नेजस्ता समस्या नहोऊन् भनेर सरकारले अनुगमनलाई तीव्रता दिएको हो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित बजार अनुगमन गर्ने गरे पनि चाडपर्वमा विभागकै नेतृत्वमा संयुक्त रूपमा बजार अनुगमन गर्ने गरिएको छ । यो वर्ष पनि त्यसैको निरन्तरता हो । विभागको नेतृत्वमा खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल नापतौल तथा गुणस्तर विभाग, जिल्ला प्रशासन कार्यालय, महानगरीय प्रहरी, उपभोक्ता अधिकारकर्मीसहितको संयुक्त अनुुगमन टोलीले नियमित रूपमा बजार अनुुगमन गरिरहेका छन् ।

उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले चाडपर्वमा सामानको माग र कारोबार पनि बढी हुने भएकाले मूल्य, सामानको गुणस्तरमा उपभोक्ता ठगीमा नपरुन् भनेर अनुगमलाई तीव्र पारिएको बताए ।

उनका अनुसार, डेढ सातादेखि दैनिक छवटा टोलीले बजार अनुगमन गरिरहेको छ । जसमा पाँचवटा टोलीले यो बेला बढी खपत हुने खाद्यवस्तु, तरकारी, लत्ताकपडा, यातायातलगायतमा छुटाछुट्टै अनुगमन गरिरहेको छ भने एउटा टोली विभागमै उजुरी र गुनासो आउने बित्तिकै आकस्मिक अनुगमनमा जाने गरी तयारी अवस्थामा रहन्छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…