कोरोना भाइरसको नयाँ प्रकार पत्ता लगाउन नेपालमै जिन सिक्वेन्सिङ परीक्षण सुरु

काठमाडौं, १५ असोज । कोरोना भाइरसको नयाँ प्रकार पत्ता लगाउन जिन सिक्वेन्सिङ परीक्षण नेपालमै सुरु भएको छ । यसअघि कोरोना भाइरसको म्युटेसन पत्ता लगाउन नमुना विदेश पठाउने गरिन्थ्यो । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा जिन सिक्वेन्सिङ परीक्षण सुरु भइसकेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुना झाले नेपालमै जिन सिक्वेन्सिङ सुरु भएको जानकारी दिए । उनले यसअघि जिन सिक्वेन्सिङ पत्ता लगाउन नेपाल सरकार, विश्व स्वास्थ्य सङ्गठनको पहलमा विदेशमा पठाउनु परेको जानकारी दिए । डा. झाले अब नेपालमै कोरोना भाइरसका विभिन्न म्युटेसन पत्ता लगाउन सकिने जानकारी दिँदै प्रयोगशालाले जिन सिक्वेन्सिङ सुरु गरिसकेको बताए ।

उनले त्रिभुवन विश्वविद्यालयको केन्द्रीय बायोटेक्नोलोजी विभागमा १६ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा २६ नयाँ नमुना जम्मा गरी ४२ वटा नमुनाको जिन सिक्वेन्सिङ गरिएको बताए । निर्देशक डा. झाले भदौ र असोजमा सङ्कलन भएका सबै नमुनामा डेल्टा भेरियन्ट देखिएको जानकारी पनि दिए । जिन सिक्वेन्सिङले कोरोना भाइरसको म्युटेसन पत्ता लगाउँछ । डा. झाका अनुसार जिन सिक्वेन्सिङ कोरोनालगायतका भाइरसको जेनेटिक बनावटलाई डिकोट गर्ने एक परीक्षण हो । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…