काबुलमा ३४ नेपाली ४१ दिनदेखि उद्धारको पखाईमा

काठमाडौं, १५ असोज । ३४ नेपाली ४१ दिनदेखि अफगानिस्तानको राजधानी काबुलमा उद्धारको पाखाईमा छन् । उनीहरु कहिले घर फर्किन पाउँछन् । अझै निश्चित छैन । काबुलबाट उद्धार गर्नुपर्ने हजार नेपालीमध्य सुरक्षा प्रदायक कम्पनी तथा अन्य संस्थामा कार्यरत घर फर्किसकेका छन् ।

तर, रोजगारीका लागि दलालमार्फत काबुल पुगेर पनि रोजगारी नपाएका ३४ जनाको उद्धार हुन नसकेको हो । उनीहरु काठमाडौं फर्किने भाका पटक पटक सर्दै आएको छ । यीमध्ये कोही चार महिनाअघि त कोही डेढ वर्षअघिदेखि काबुलमा छन् । उनीहरु नेपाली तथा भारतीय सोनाका पूर्व सुरक्षाकमी हुन् ।

अफगानिस्तान तालिवानको नियन्त्रणमा आएपछि काबुलका होटेल, विमानस्थल, गरुद्धारा हुँदै उनीहरु अहिले काबुलस्थित संयुक्त राष्ट्रसंघीय कार्यालयको सुरुक्षाप्रदायक कम्पनी आइडिजीको व्यवस्थापनमा राष्ट्रसंघीय हाता (ग्रिन जोन) मा छन् । उनीहरुलाई काठमाडौं नआउन्जेलसम्मका लागि आइडिजीले खानपिन र बसोवासको प्रबन्ध गरेको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…