न्यादी हाइड्रोपावरको २२ करोड ५० लाखको आईपीओ आजबाट बिक्री खुला

काठमाडौं, १५ असोज । न्यादी हाइड्रोपावरले आजबाट धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (ईपीओ) बिक्री खुला गरेको छ ।
कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यमा २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता प्राथमिक सेयर निष्कासन गरेको हो ।

जसमध्ये ५ प्रतिशत अर्थात् एक लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ४५ हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्ट्याएको छ । बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

कम्पनीले गएको भदौ १ गतेदेखि लमजुङका आयोजना प्रभावित स्थानीय र संस्थापक सेयरधनीका कर्माचारीलाई गरी १८ लाख कित्ता सेयर निष्कासन गरेको थियो । सो सेयर बाँडफाँड भइसकेको छ । आईपीओ निष्कासनका लागि कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

आईपीओमा सर्वसाधारणले असोज १९ गतेसम्म आवेदन दिन सक्ने छन् । न्यूनतम १० र अधिकतम ५० हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ । आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी इस्युअर’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ । कम्पनीले लमजुङमा ३० मेगावाटको न्यादी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । कम्पनीमा बुटवल पावरको समेत लगानी छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…