पत्रकार पूर्णिमा श्रेष्ठद्वारा धवलागिरी हिमालको सफल आरोहण, बनाइन् यस्तो रेकर्ड

काठमाडौं, १५ असोज । पत्रकार पूर्णिमा श्रेष्ठले संसारको सातौं अग्लो शिखर धवलागिरी हिमालको सफल आरोहण गरेकी छन् । श्रेष्ठले आज (शुक्रबार) बिहान म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा पर्ने ८,१६७ मिटर अग्लो धवलागिरी हिमालको सफल आरोहण गरेकी हुन् । उनी धवलागिरी आरोहण गर्ने पहिलो नेपाली महिलासमेत बनेकी छन् । धवलागिरीमा विदेशी महिलाले सफल आरोहण गरे पनि नेपाली महिलाले भने आरोहण गर्न सकेका थिएनन् ।

काठमाडौंको सेभेन समिट ट्रेकिङ कम्पनीमार्फत श्रेष्ठ यही असोज २ गते मुस्ताङको मार्फा हुँदै धवलागिरी हिमाल आरोहणमा लागेकी थिइन् । सेभेन समिट ट्रेकिङका सञ्चालक मिङ्मा शेर्पाले पूर्णिमासहित आफ्नो कम्पनीका २० जनाले आज (शुक्रबार) बिहान ५ बजे धवलागिरीको सफल आरोहण गरेका जानकारी दिए । ‘धवलागिरी हिमालमा नेपाली महिलाले पहिलो पटक सफल आरोहण गरेकी छन् । यो खुशीको कुरा हो ।’

धवलागिरीमा यसअघि नेपाली महिलाले सफल आरोहण गरेको कुनै रेकर्ड नभएको उनले बताए । श्रेष्ठसँगै गएकी माया शेर्पालगायतले आरोहण गरे / नगरेको पुष्टि हुन बाँकी छ । पत्रकार समेत रहेकी गोरखा आरुघाटकी पूर्णिमाको टोलीले यसअघि गत वैशाख ३ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित आठ हजार ८१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको समेत सफल आरोहण गरेर कीर्तिमान बनाएकी थिइन् ।

पूर्णिमाको टोली अन्नपूर्ण हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला हुन् । पथ प्रदर्शक पेम्बा शेर्पाको सहयोगमा पूर्णिमाले धवलागिरि आरोहण गरेकी हुन् । पूर्णिमा कारोबार आर्थिक दैनिकमा कार्यरत छिन् । उनले यसअघि सन् २०१८ मा सगरमाथा, २०१७ मा मनास्लु र २०१९ मा आमाडब्लम हिमालको आरोहण गरेकी थिइन् ।

पूर्णिमाले आधार शिविर जानुअघि बेनीमा आयोजित एक कार्यक्रममा कोरोनाको दोस्रो लहर फैलिएपछि रोकिएका आफ्नो धवलागिरी आरोहण गर्ने लक्ष्य यसपालि पूरा हुने घोषणा गरेकी थिइन् ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…