आज कहाँ–कहाँ छ बर्षाको सम्भावना ?

काठमाडौं, १५ असोज । आज (शुक्रबार) मौसम देशभर आंशिक (धेरै खुला, थोरै बादल) देखि सामान्य (धेरै बादल, कम मात्र खुला) बदलीको अवस्था छ । अहिले गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै आज दिउँसो (भन्नाले बिहान १० / ११ बजेदेखि साँझ ६ बजेसम्म) देशभर मौसम सामान्य बदली रही प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही र अरू प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।
महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार मनसुन अन्तिम चरणमा रहेकाले धेरै ठूलो वर्षा तथा लगातारको झरी हुने सम्भावना चाहिँ छैन । हल्का र क्षणिक वर्षा हुने सम्भावना छ ।

यस क्रममा काठमाडौं उपत्यकामा पनि अहिले बिहानदेखि नै हल्का वर्षाको सम्भावना रहेको उनले बताए । ‘तर त्यस्तो लगातारको झरी हुँदैन, हल्का वर्षा हुने खुल्ने यस्तो भइरहन्छ’, शुक्रबार बिहान उनले भने ।

यस्तै राति (भन्नाले साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म) मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रही प्रदेश–२ का धेरै र अरू प्रदेशका थोरै स्थानमा मेघगर्जन / चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…