शिक्षकको जिल्लान्तर सरुवा रोक्का

काठमाडौं, १४ असोज । सरकारले शिक्षकको जिल्लान्तर सरुवा रोकेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले एक जिल्लाबाट अर्को जिल्लामा हुने शिक्षक सरुवा रोकिएको जनाएको हो ।

केन्द्रको शिक्षक व्यवस्थापन समन्वय शाखाका निर्देशक वसन्तप्रसाद कोइरालाले विज्ञप्ति जारी गर्दै शिक्षक सेवा आयोगको विज्ञापन प्रयोजनका लागि जिल्लान्तर सरुवा रोकिएको जनाएका छन् ।

शिक्षक सेवा आयोगमा विज्ञापनका लागि शिक्षकको रिक्त पद संख्या पठाइसकेकाले सरुवा रोक्का गरिएको कोइरालाले जानकारी दिए। उनले अब दरबन्दी मिलानका गर्नुपर्दा पुल दरबन्दी भएको स्थानीय तहमा दरबन्दी थप गर्नुपर्ने भएमा मात्र सरुवा हुनसक्ने बताए ।

केही समयअघि मात्रै केन्द्रले शिक्षकको १७ हजार ४७ पदमा पदपूर्ति गर्न शिक्षक सेवा आयोग समक्ष विवरण पठाएको थियो । अहिले देशका धेरै सामुदायिक विद्यालयमा गणीत, विज्ञान र नेपाली विषय अध्यापन गराउने शिक्षकको अभाव छ । केन्द्रले प्राथमिक तहमा १२ हजार ९१२, निमावि तहमा २ हजार ५९३ र मावि तहमा १ हजार ५४२ पदमा आवेदन माग गरी पदपूर्तिका लागि शिक्षक सेवा आयोगलाई पत्राचार गरेको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…