दशैं विशेष सुरक्षा योजना : उपत्यकामा ८ हजार प्रहरी परिचालन, जुवातास र मापसेमा निगरानी

काठमाडौं, १३ असोज । काठमाडौं उपत्यकामा चाडपर्व विशेष सुरक्षा योजना लागू भएको छ । १० असोजदेखि लागू भएको सुरक्षा योजनामा यसपालि सुरक्षा निकायले जुवातास र मादक पदार्थ सेवनलाई विशेष प्राथमिकता दिएको छ ।

महानगरी प्रहरी कार्यालय (मेट्रो) रानीपोखरीले काठमाडौं, भक्तपुर र ललितपुरमा चाडपर्व विशेष सुरक्षा योजना लागू भइसकेको जनाएको छ । मेट्रोका प्रहरी नायव महानिरीक्षक उत्तमराज सुवेदीले विशेष सुरक्षा योजनाअन्तर्गत मातहत निकाय परिचालित भइसकेको बताए । उनका अनुसार परिसरहरुले मेट्रोको निर्देशनअनुसार सुरक्षा योजना बनाएर लागू गरेका हुन् ।

उपत्यकामा चाडपर्व केन्द्रीत सुरक्षाका लागि सादा, बर्दिधारी र ट्राफिक गरेर झण्डै ८ हजार सुरक्षाकर्मी परिचालनगरिएको डीआईजी सुवेदीले जानकारी दिए ।

जुवातास र मापसे प्राथमिकतामा
यसपालि दशैं तिहारमा प्रहरीले जुवातास र मादक पदार्थ सेवक रोकथाम तथा नियन्त्रण प्राथमिकतामा राखेको छ । साथसाथै सर्वसाधारण ठगिन नदिन पनि निगरानी बढाएको छ । यसमा ठूलो जनशक्ति खटाइएको छ ।

चाडपर्वको बेला आर्थिक कारोबार धेरै हुन्छ । बैंक वित्तीय संस्था, ठूल्ठूलो मलहरु, सुनचाँदी पसल, दशैंतिहार लक्षित विभिन्न लक्षित सवारीहरु, फर्निचर लगायत अन्य उपभोग्य सामग्रीहरु पनि छुटका अफरहरु प्रशस्त मात्रामा हुन्छ ।

आपराधिक मानसिकता बोकेका मानिसले लुटपाट र ठगी गर्न सक्ने हुनाले सूचना संकलन सादा पोशाकमा प्रशस्त प्रहरी खटाउने र त्यस्ता भीडभाड हुने ठाउँमा बर्दिधारी प्रहरी पनि राखेर रोकथाम गर्ने व्यवस्था मिलाइएको सुवेदी बताउँछन् । उनका अनुसार समुदाय प्रहरी साझेदारीअन्तर्गत स्थानीय सरकार, समुदाय, क्लबसँग मिलेर सचेतनातर्फ पनि जोड दिइएको छ ।

फेस्टी मुडमा मादक पदार्थ सेवक गर्ने, जुवातास खेल्ने गरिन्छ । मापसे गरेर सवारी साधन चलाउँदा दुर्घटना हुनसक्ने अथवा झैझगडा हुनसक्ने भएको हुनाले विशेष सुरक्षाअन्तर्गत यस्ता घटना हुन नदिन ट्राफिक चेकप्वाइन्ट अरु समयभन्दा बढाउने, मापसे चेकिङ गरेर निरुत्साहित गर्ने व्यवस्था मिलाइएको छ । अर्कोतर्फ झैझगडा नहोस् भनेर व्यापक गस्ती र पट्रोलिङ गर्ने व्यवस्था मिलाइएको छ ।

‘जुवातास पनि आर्थिक अपराध हो नै,यसले आपराधिक घटना पनि निम्त्याउँछ । जुवामा हारेको वा जितेको सुरमा मान्छेहरुबीच विवाद, झैझगडा हुने र कतिपय अवस्थामा मान्छेको ज्यान नै जोखिम पर्ने गरेको छ,’ डीआईजी सुवेदी भन्छन्, ‘यसलाई रोक्न पहिलो त सचेतना कार्यक्रम सञ्चालन भइरहेको छ । अर्कोतिर जुवा खेलिरहेका छन् भन्ने सूचना संकलनका लागि कहाँ खेल्दैछन्, को को खेल्दैछन् भनेर सादा पोशाक परिचालन र त्यस्तो ठाउँमा रेड गरेर कानुनको दायरामा ल्याउने गरिएको छ । त्यसको लागि पनि व्यापक रुपमा प्रहरी परिचालन गरेका छौं ।’

चाडपर्व नजिकिँदै गर्दा काठमाडौंमा बसोबास गर्ने ठूलो जनसंख्या उपत्यका बाहिर जान्छ । विशेष सुरक्षा योजनाअन्तर्गत यात्रु ठगिनबाट जोगाउन विभिन्न ठाउँमा ट्राफिक र जनपदसहित हेल्प डेस्क राखिएको छ । जसले यात्रुलाई सचेत गराउँछ । साथै टिकट बुकिङ हुने ठाउँमा हुनसक्ने अनियमितता रोक्न सादा पोशाकको प्रहरी परिचालन र लाइन व्यवस्थित गर्न बर्दिधारी प्रहरी पनि खटाइएको छ ।

ठाउँ ठाउँ छड्के जाँचको व्यवस्था गरिएको छ । छतमा यात्रु राख्न नदिन, मापसे गरेर भाडाका सवारी नचलाउन भनेर हाइवेमा, उपत्यका बाहिरिने नाकाहरु थानकोट, फर्पिङ, साँगालगायतमा चेकप्वाइन्टको व्यवस्था मिलाइएको छ । ‘एकातिर बुकिङ्गदेखि नै नठगियोस् र अर्कोतिर सुरक्षित यात्रा होस् भनेर मिलाएका छौं,’ सुवेदी भन्छन् ।

त्यसैगरी सुरक्षा निकायले घर डेरा छाडेर हजारौं मानिस काठमाडौं बाहिर जाने भएकाले त्यो क्षेत्रमा लुटपाट नहोस् भनेर सुरक्षा व्यवस्था मिलाएको छ । चाडपर्वको अवसरमा शुभकामना आदानप्रदानदेखि खेलकुद प्रतियोगिता, मठमन्दिर मेलासम्म विभिन्न कार्यक्रमहरु हुने गरेका छन् । कोभिड प्रोटोकल पालना गरेर गर्न प्रहरीको अनुरोध गरेको छ ।

भक्तजनको सुरक्षाका लागि पनि विहान सबेरैदेखि सादा र बर्दिधारी प्रहरी परिचालन पनि गरेको छ । चोरी लुटपाटको घटनामा सचेत हुन र त्यस्तो आशंका लागेमा सूचना दिन पनि प्रहरीले आह्वान गरेको छ । सूचना पाएलगत्तै तत्काल रेस्पोन्स गर्न क्युआरटीहरु, रिजर्भ टोलीहरुस्टाण्डबाई राखिएको छ ।

‘अरु सबै क्रमश छुट्टिमा गए पनि प्रहरी अनड्युटी बस्छ । प्रहरीले सर्वसाधारणलाई सुरक्षित राख्न सक्यो र चाडपर्व मनाउन सक्ने राम्रो वातावरण सिर्जना गर्न सक्ने भयो भने नै आफूले चाडपर्व मनाए जस्तो महसुस हुन्छ,’ उपत्यका सुरक्षा हेर्ने डीआईजी सुवेदी भन्छन् ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…