बबी यार नरसंहार : ३४ हजार यहुदीलाई निर्वस्त्र पारेर गोली ठोकिएको त्यो दिन

काठमाडौं, १३ असोज । दोस्रो विश्वयुद्धको समयमा युरोपका यहुदीबिरुद्ध डरलाग्दो जातीय नरसंहार भएको थियो । यस्तै डरलाग्दो नरसंहार युक्रेनको बबी यारमा भएको थियो । सन् १९४१ को २९ र ३० सेप्टेम्वरमा नाजीले गरेको नरसंहारमा करिव ३४ हजार यहुदी मारिएका थिए ।

तत्कालीन सोभियत युनियनको अधिनमा रहेको युक्रेनी राजधानी किभलाई २९ सेप्टेम्बरमा नाजीले कब्जा गरेपछि यहुदीलाई एउटा चौकीमा जम्मा गरेर गोली हानेका थिए । मारिनेमा महिला र बालबालिकासमेत थिए । नाजी नेता एडोल्फ हिट्लरको आदेश पालना गर्न जर्मन सेना १९ सेप्टेम्वरमा किभ पुगेको थियो ।

यहुँदीको नरंहार गर्नुअघि राजधानी किभबाट उत्तरतर्फ रहेको बबी यारको एउटा खोंचमा यहुदीलाई जम्मा गरिएको थियो । त्यसपछि उनीहरूलाई निवस्त्र पारेर लाइन लगाइन मेसिन गनले पालै पालो गोली ठोकिएको थियो ।

हत्या गरिएका व्यक्तिलाई नजिकै खाल्डो खनेर सामूहिक पुरिएको थियो । नाजीले कतिपय यहुदीलाई फोहर र ढुंगाले छोपेका थिए । हजारौं व्यक्तिको हत्यापछि ववी यारमा रगतको खोलो बगेको थियो । जर्मन सेना सोभियत युनियनबाट भागेपछि नरसंहारको प्रमाण मेटाउन नाजीले शव खोतलेर सामूहिक जलाउने प्रयास समेत गरेको थियो ।

नाजीले सन् १९४१ देखि सन् १९४३ को अवधिमा थप एक हजार जनालाई पनि बवी यारमा नरसंहार गरेको थियो । यहुदी, सोभियत अधिकारी र रसियाका युद्धबन्दीलाई पहिलाझैं निवस्त्र पारेर सामूहिक हत्या गरिएको थियो ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…