पुष्पाको हत्या अभियुक्तको बयान : गर्भपतन गर्न नमानेपछि भीरबाट झारिदिएँ

ताप्लेजुङ, १२, असोज । गर्भपतन गर्न नमानेपछि ताप्लेजुङकी युवती पुष्पा लिम्बुको हत्या गरेको बयान अभियुक्त राम कार्कीले दिएका छन् । हत्या अभियोगमा पक्राउ परेका फुङलिङ नगरपालिका–१० फुरुम्बु गढीडाँडाका रामले पुष्पाको ५/ ६ महिनाको गर्भ रहेको र उनले गर्भपतन गराउन नमानेपछि हत्या गरेको बताएको ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी बालनरसिंह राणाले जानकारी दिए ।

‘पुष्पाले गर्भपतन गराउन नमानेको र विवाह गरौं भन्दा पनि नमानेका कारण हत्या गरेको रामले बताएका छन् । तर यसलाई हामीले प्रमाणले पुष्टि गर्नुपर्छ । मंगलबार पोस्टमार्टम रिपोर्ट आएपछि सत्यतथ्य थप खुल्छ,’ उनले भने । उनीहरुबीच प्रेम सम्बन्ध रहेको र पुष्पा गर्भवती भएपछि खटपट शुरु भएको बुझिएको प्रहरीले बताएको छ । दुई जनाको सम्बन्धबारे परिवार समेत जानकार रहेको पाइएको छ । कार्कीले हत्या गरेको हुनसक्ने भन्दै परिवारले नै किटानी जाहेरी दिएको थियो ।

अभियुक्त राम कार्की ट्याक्टर चालक हुन् । शुक्रबार बिहान तीन बजे बोलाएर उनले युवतीलाई भीरबाट लडाइ दिएको प्रहरीसमक्ष बयान दिएका छन् । तर, पुष्पाको मोबाइल भने उनले फालेको भनिएको ठाउँमा भेटिएको छैन । प्रहरीले रामलाई नै लगेर सोमबार दिनभर मोबाइल खोज्यो । ‘उसले मोबाइल फालिदिएको भनेको छ । तर उसैलाई लगेर खोज्दा पनि फेला पर्न सकेको छैन । मंगलबार पनि खोज्छौं’, डीएसपी राणाले भने ।

घटनास्थलमा मेटासिडको बोतल पनि भेटिएको थियो । मेटासिड खाएको र भीरबाट हामफालेर आत्महत्या गरेको हो जस्तो पार्न कार्कीले सो काम गरेको हुनसक्ने प्रहरीको आशंका छ । फक्ताङलुङ ३ लिङ्खिमकी पुष्पा फुङलिङको भानुजन माविमा कक्षा ११ मा अध्ययनरत थिइन् । उनी दिदीसँगै बिहीबारेमा बस्थिन् । राम भने ट्याक्टर चलाउँथे । उनीहरु दुईबीच कुराकानी भएको दिदीलाई पनि जानकारी थियो ।

कार्कीले बोलाएर पुष्पालाई मोटरसाइकलमा सेती चौतारा पुर्‍याएका थिए । विवाह र गर्भपतनकै विषयमा विवाद भएपछि आक्रमण गरेको अभियुक्तको बयान छ । सुरुमा ढुंगाले टाउकोको पछाडि प्रहार गरेको र त्यसपछि भुइँमा ढलेकी पुष्पालाई बिषादी खुवाएर भीरबाट धकेलेको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी गराएको थियो । घटनास्थलमा पुष्पाका स्वेटर, चप्पल र बिषादीको बट्टा पनि फेला परेको थियो ।
‘धेरै कुरा पुष्टि हुन र प्रमाण फेला पार्न बाँकी छ । अभियुक्तले स्वीकार गरे पनि घटनाको वास्तविकता प्रमाणबाट पुष्टि गर्नुपर्छ’, डीएसपी राणाले भने ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…