दशैंमा शहरबाट गाउँ जाँदै हुनुहुन्छ ? कहाँ जान कति लाग्छ भाडा ? (विवरणसहित)

काठमाडौं, ८ असोज । नेपाली चाड दशैं–तिहार नजिकिंदै छ । कोरोना कहरकै बीच भित्रिंदै गरेका नेपाली चाडहरुका कारण व्यापार, व्यवसायदेखि यातायात क्षेत्रमा चहलपहल विस्तारै बढ्न थालेको छ । अघिल्लो वर्ष कोरोना महामारीका कारण दशैं सहज रुपमा मनाउन नपाएकाहरु यस पटक महामारी अलि मत्थर भएको समयमा दशैं मनाउने तयारीमा जुटेका छन् ।

दशैं नजिकिएसँगैं बैंकहरुले नयाँ नोट सटही थालिसकेका छन् भने यातायात क्षेत्रले पनि अग्रिम टिकट बुकिङको तयारी गरिसकेका छन् । काठमाडौंलगायतका विभिन्न शहरमा पेसा, व्यवसाय र अध्ययनका लागि बसेकाहरु दशैंमा गाउँघर फर्किनका लागि योजना बनाउन लागिसकेका छन् ।

तर, यस पटक शहरबाट गाउँ फर्किनेहरुले अलि बढी भाडाको जोहो गर्नुपर्ने भएको छ । आउँदो असोज ११ गतेदेखि दशैं–तिहारका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्ला हुँदैछ । करिब ११ लाख यात्रुले उपत्यका छाड्ने अनुमान गरी यसै अनुसारको व्यवस्थापन सम्बन्धित क्षेत्रहरुले गर्दैछन् । तर, दशैं–तिहारकै लागि उपत्यका छाड्ने र लामो दूरीको यात्रा तय गर्ने अन्तर प्रदेश सार्वजनिक यातायातका यात्रुहरुले भने समायोजित नयाँ भाडादर नै तिर्नुपर्ने भएको छ ।

सरकारले गत असारदेखि सार्वजनिक सवारीको भाडादर समायोजन गरिसकेकाले यातायात व्यवसायीले त्यसै अनुरुपको गाडी भाडा लिने भएका छन् । अन्तर प्रदेश २८ प्रतिशतले बढाएको भाडा अनुसार नै तिरेर गाउँ जानुपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जानकारी दिएको छ ।

उक्त भाडादर प्रदेश–१ मा मात्रै लागु भएको छ । दशैंअघि सरकारले उक्त भाडादर सबै प्रदेशमा समायोजन गर्नुपर्ने माग यातायात व्यवसायीको छ । पछिल्लो समय गत असार २७ गते सरकारले तीन वर्षपछि सार्वजनिक यातायातको भाडादर समायोजन गरेको छ । यातायात व्यवस्था विभागले अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर समायोजन गरिएको बताएको हो । सोही भाडादर अहिले दशैं–तिहारका लागि घर जाने सबै यात्रुहरूमा लागू हुनेछ ।

यसअघिको केपी ओली नेतृत्वको सरकारले गत असार २७ गते मन्त्रिपरिषद्बाट निर्णय गर्दै अन्तर प्रदेश यात्रुवाहक सवारी साधनको २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको २६ प्रतिशतले भाडा वृद्धि गरेको थियो ।

 

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…