सशस्त्र प्रहरीका १० डीआईजीको सरुवा, कसलाई कुन जिम्मेवारी ?

काठमाडौं, ७ असोज : सरकारले सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरुको काज सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाँडले बिहिबार मन्त्रीस्तरीय निर्णय गर्दै डिआईजीको काज सरुवा गरेका हुन् ।

सरुवा हुनेमा डिआईजीहरुमा कमल गिरी १ नम्बर प्रदेश, गणेश ठाडा मगर २ नम्बर प्रदेश, किशोर प्रधान बागमती प्रदेश, शम्भु सुवेदी गण्डकी प्रदेश, कुलबहादुर नेम्बाङको लुम्बिनी प्रदेश, दुर्गा भट्टराई सुदुरपश्चिम प्रदेश, राजु अर्याल मानवस्रोत विभाग, सशस्त्र प्रहरी मुख्यालय र वंशि दाहाल ९ नम्बर बाहिनी रहेका छन् ।

डिआईजी अभिकुमार खत्रीलाई कर्णाली प्रदेशमै यथावत रहेका छन् । भने मन्दीप श्रेष्ठ प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएका छन् । डिआईजीहरु नारायणदत्त पौडेल मानवस्रोत र सिपी गौतम सीमा सुरक्षा विभागमा सरुवा भएको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…