त्रिशूलीमा कार खस्यो, तीन जना बेपत्ता

चितवन, ८ असोज । पृथ्वी राजमार्गको मुग्लिन नजिक बिहीबार राति त्रिशूली नदीमा कार खस्दा तीन जना बेपत्ता भएका छन् । इच्छाकामना गाउँपालिका–५ नाग्दी खोलाबाट ग २ च ४९१८ नम्बरको कार त्रिशूलीमा खसेको हो ।

घटनामा कारचालकसहित तीन जना बेपत्ता भएको चितवन प्रहरीले जनाएको छ । कारमै रहेका पोखरा–१७ का ४६ वर्षीय रुद्रलाल सुवेदीको भने उद्धार भएको छ । उनको भरतपुरस्थित पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

उक्त कार काठमाडौंबाट पोखरा जान मुग्लिनतर्फ आइरहेको जानकारी प्राप्त भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्यबहादुर थापाले बताए । ‘चितवन प्रहरीले राति पौने २ बजेतिर घटनाको जानकारी पाएको हो,’ उनले भने, ‘राति ११–१२ बजेको बीचमा घटना भएको हुन सक्छ ।’

कारसँगै बेपत्ता हुनेमा चालक कास्कीको पोखरा महानगरपालिका–१७ का प्रेमबहादुर भुजेल, सोही ठाउँका लेखबहादुर भुजेल तथा ईश्वरी भुजेल रहेको डीएसपी थापाले जानकारी दिएका छन् ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…