यातायातमा बिचौलियाको राज, नमस्कार गर्दा कर्मचारी भागाभाग

काठमाडौं, ५ असोज । यातायात व्यवस्था कार्यालय एकान्तकुना ललितपुरमा सोमबार बिहानदेखि नै सेवाग्राहीको लाम लाग्याे । कोरोना महामारीका कारण बन्द कार्यालय खुलेको धेरै समय नभएकाले बढी भीड लाग्दो रहेछ । जहाँ बिचौलियाको यति बिगबिगी रहेछ कि एक सेवाग्राही गाडीबाट झर्नासाथ तानातानमा परे ।

त्यसपछि रिसाएका उनी भन्दै थिए– ‘यहाँ त बचेर जानै मुस्किल रहेछ। पानी बेच्नेले पनि लाइसेन्स बनाइदिन्छ रे ! फलफूल बेच्नेले पनि भित्र कनेक्सन मिलाइ दिन्छ रे !’ कसैले ‘नमस्कार’ भने पनि कर्मचारीले बिचौलियाकै कारण हतपत नफर्काउने रहेछन् । कारण हो– बिचौलियाले त्यही ‘नमस्कार’ लाई सेवाग्राही ‘लुट्ने’ हतियार बनाउँछन् । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सहज रूपमा बनाइदिने भनेर रकम असुली फरार हुन्छन् ।

सोमबार उक्त कार्यालयमा पुग्दा कर्मचारीले यस्तै प्रसंग कोट्याए । ‘नमस्कार फर्कायो भने बिचौलियाहरूले सेवाग्राहीलाई कर्मचारीसँग आफ्नो राम्रो सम्बन्ध रहेको भन्छन् । तब काम हुने विश्वास दिलाएर ठग्ने गरेको पाएका छौं’, प्रशासन शाखा प्रमुख बृहस्पति तामाङले भने, ‘ट्रक, बस, टिपरको लाइसेन्स बनाउन उनीहरूले १ लाख २० हजारसम्म लिएको एक सेवाग्राहीले भनेका थिए ।’ बागमती प्रदेशअन्तर्गतको यो कार्यालय वरिपरि ३ सयजति बिचौलिया हुन सक्ने अनुमान गरिएको छ । दिनहुँ नयाँ–नयाँ बिचौलिया आउँछन्। कतिपय कर्मचारीले झुक्किएर नमस्कार फर्काउँछन् ।

सेवाग्राहीले नै उनीहरूलाई लिएर आउने गरेको दाबी प्रशासन शाखा प्रमुख तामाङले गरे । ‘सेवाग्राहीहरू लाम लागेर टोकन लिन्छन् । छिटो काम गराउन त्यो टोकन बिचौलियालाई दिन्छन् । अनि काम गराउँछन्’, शाखा प्रमुख तामाङले भने, ‘उनीहरूलाई पक्रेर प्रहरीलाई बुझाउँछौं । प्रहरीले कारबाही गर्न उजुरी माग्छन् । सेवाग्राहीले उजुरी दिन मान्दैनन् ।’ उनीहरू २४ घण्टामा फेरि कार्यालयको गेटमा आइपुग्ने गरेको देखिएको उनले सुनाए ।

प्रहरीका अगाडि नै उनीहरू कार्यालयको गेटदेखि भित्रसम्मै सेवाग्राहीलाई फकाइरहेका देखिन्थे । उनीहरू अधिकांश सुनका ब्रासलेट, सिक्री र औंठी लगाएर कार्यालय वरिपरि घुमिरहेका थिए । पानी, चुरोट, सुर्ती, फाराम, बिलबुक कभरलगायत सामान बेच्ने भेषमा पनि बार्गेनिङ गरिरहेका थिए ।

बिहानको ११ः३८ बजेको थियो । कार्यालयको गेटमा प्रहरीहरू तैनाथ थिए । छेउछाउमै केश पालेका, च्यातिएको पाइन्ट लगाएका युवकहरू गेटमा धूमपान गरिरहेका थिए । उनीहरू बिचौलिया रहेछन् । जो सेवाग्राहीको बाटो छेकेर भन्छन्– ‘भित्र नजानुस्, कामै हुँदैन ।’ अरूको आत्मबल कमजोर बनाउन खोज्छन् । त्यसपछि उनीहरूले फन्दामा पार्ने रहेछन् । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…