मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माण शुरू गरिने

काठमाडौं, ५ असोज । असार १ गते आएको विनाशकारी बाढी तथा पहिरोबाट क्षतिग्रस्त राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना पुनर्निर्माण थाल्न १ अर्ब रुपैयाँ उपलब्ध गराएसँगै पुनर्निर्माण शुरू गर्ने तयारी गरिएको छ ।

बाढी र पहिरोले मुहान क्षेत्र तहसनहस बनाएको भए पनि सरकारले आवश्यक रकम जुटाउने प्रतिबद्धता जनाएकाले सम्बद्ध निकायसँग छलफल गरेर आयोजनाको काम अगाडि बढाउन शुरू गरिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए ।
सरकारले काठमाडौं उपत्यकामा जतिसक्दो छिटो मेलम्चीको पानी वितरणको व्यवस्था मिलाउने गरी आयोजना पुनर्निर्माणलाई अगाडि बढाउन समितिलाई निर्देशनसहित तत्कालका लागि १ अर्ब रुपैयाँ उपलब्ध गराइसकेको छ ।

समितिले मेलम्चीको पुनर्निर्माण गरी पानी वितरण थाल्न २ अर्ब रुपैयाँ माग गरेकोमा सरकारले कार्ययोजनाअनुसार नै तत्कालका लागि एक अर्ब निकासा गरेको हो । प्रवक्ता पन्तले यसै वर्षको चैतसम्म अस्थायी रूपमा भए पनि मेलम्चीको पानी पुनः काठमाडौं उपत्यकामा वितरण गर्नेगरी तयारी भइरहेको बताए ।

सरकारले आयोजनाको हेडवक्र्ससम्म पुग्ने बाटो खोल्ने जिम्मेवारी नेपाली सेनालाई दिने तयारी गरेको छ । आयोजना प्रमुख वासुदेव पौडेलले मेलम्ची बजारदेखि हेडवक्र्ससम्मको २२ मध्ये ८ किमी सडक पूर्णरूपमा क्षतिग्रस्त भएकाले ट्रयाक खोल्ने जिम्मा सेनालाई दिन छलफल भइरहेको बताए । ‘निर्माण कम्पनीलाई दिने हो भने वर्ष दिनमा पनि ट्रयाक खोल्न सम्भव देखिँदैन,’ उनले भने, ‘यस विषयमा तत्काल सरकारलाई जानकारी गराएर निर्णय लिन्छौं ।’ आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…