बैंकहरूमा तरलता अभावसँगै सेयर बजारमा पहिरो

काठमाडौं, ५ असोज । ११४ दशमलव शून्य २ अंक अर्थात् ४ दशमलव शून्य ५ प्रतिशतको पहिरोका साथ सोमबार नेप्से परिसूचक २ हजार ६९८ दशमलव २४ बिन्दुमा झर्दा कुल ८ अर्ब ४९ करोड ३४ लाख १ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।

नेप्से परिसूचकमा पहिरो जाँदा पनि कारोबारको रकम ८ अर्बभन्दा बढी हुनुलाई अर्थपूर्ण रूपमा लिएको छ । सर्वसाधारण प्यानिक हुँदै अर्थात् तर्सेर आफ्नो लगानी सुरक्षित गर्न सस्तोमा बेच्दै छन् भने ठूला लगानीकर्ता मौकाको फाइदा उठाउँदै कम मूल्यमा सर्वसाधारणको सेयर उठाउँदै छन् ।

बजारमा बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य रकमको अभावका कारण सेयर बजारमा गिरावट भएको भनिरहँदा कारोबारको रकमले भने यस्तो तथ्यमा ठूलो लगानीकर्ताको चलखेल भने देखाइरहेको छ ।

सोमबार प्रतिनिधिसभामा नेमकिपाका सांसद प्रेम सुवालले सेयर बजारको दोस्रो बजारमा ७ सय जना सेयर कर्ताले भाउ बढाउने कि कम गर्ने भन्ने भन्ने चलखेल चलिरहेको र १ सय जनाले मात्र फाइदा लुटिरहेको अभिव्यक्ति दिइरहँदा सर्वसाधारण बेच्न हतारिँदै थिए भने ठूला लगानीकर्ता सस्तोमा सेयर किनिरहेका थिए ।

सोमबार २ हजार ८१७ दशमलव ९८ विन्दुबाट सुरु भएको बजार ११४ दशमलव शून्य २ अंक अर्थात् ४ दशमलव शून्य ५ प्रतिशतले घटेको थियो । सोमबार कुल २२५ ओटा कम्पनीको १ लाख ७ हजार ५ सय ५६ वटा कारोबारबाट १ करोड ७३ लाख ३० हजार ५ सय ३८ कित्ता सेयर खरिद बिक्री भएको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…