आजदेखि सोह्रश्राद्ध शुरु, वैदिक विधि अनुसार पितृकार्य गरिंदै

काठमाडौं, ५ असोज । आज (मंगलबार) देखि पितृपक्ष अर्थात सोह्रश्राद्ध शुरु भएको छ । वडादशैं शुरु हुनु भन्दा अघि भदौ कृष्ण प्रतिपदादेखि १६ दिनसम्म दिवंगत पितृहरुको सम्झनामा विभिन्न पितृकार्य गर्ने चलन रहेको छ ।

सनातन धर्मावलम्वीहरुले वैदिक विधि अनुसार नदीका त्रिवेणी, दोभान, घाटलगायत तीर्थस्थल र घरडेरामै पितृको श्राद्व तथा तर्पण गर्ने गर्दछन् । पितृकार्यलाई अति पवित्र मानिन्छ ।

यस पटक पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा पितृकार्य गराउने पुरोहितहरुलाई कर्मकाण्डको प्रमाणपत्र प्रस्तुत गर्नुपर्ने नियम लागू गरेको छ । साथै कोरोना सङ्क्रमणबाट बच्नका लागि स्वास्थ्य मापदण्ड पनि पूर्ण रूपमा लागू गरिएको जनाइएको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…