घट्यो कुखुराको मासुको मूल्य

काठमाडौं, ४ असोज । चाडपर्व नजिकिँदै गर्दा ब्रोइलर कुखुराको मासुको मूल्य घटेको छ । निषेधाज्ञा खुलेर बजारमा मासुको खपत बढेसँगै प्रतिकिलो ३६० रुपैयाँसम्म पुगेको ब्रोइलर कुखुराको मासुको मूल्य अहिले घटेर प्रतिकिलो ३०० रुपैयाँमा आएको छ । महामारीको अवस्था सामान्य हुँदै जाँदा कुखुराको उत्पादन बढेको, तर खपत कम भएकाले मूल्य घटेको हो ।

महामारीको प्रभाव कम हुँदै गए पनि ठूला होटेल, रेष्टुराँ, पार्टी प्यालेसहरू राम्ररी चल्न सकेका छैनन् । यस्तै स्कुल, क्याम्पसहरू अझै बन्द रहेकाले मासुको खपत बढ्न नसकेको व्यवसायीहरू बताउँछन् । मासु व्यवसायी संघका अध्यक्ष जंगबहादुर बीसीका अनुसार सामान्य अवस्थामा काठमाडौं उपत्यकामा दैनिक ७ लाख किलो मासुको खपत हुने गरेकोमा अहिले यो परिमाण घटेर करीब ४ लाख ९० हजार किलोमा सीमित रहेको छ ।

‘सामान्यतया चाडपर्वका बेला मासुको खपत बढ्ने भएकाले मूल्य बढ्नुपर्ने हो, मूल्य घटिरहेकाले महामारीका कारण उपभोक्ताको क्रयशक्ति घटेको अनुमान गर्न सकिन्छ,’ उनले भने ।

महामारीको समयमा विक्री नहुने त्रासका कारण करीब ४० प्रतिशत कुखुरा पालक किसानले आफ्ना खोरमा कुखुरा हालेका थिएनन् । तर अहिले अवस्था सामान्य हुँदै गएपछि अधिकांश किसानले कुखुरा हालेकाले उत्पादन बढेको बताइएको छ । सम्बद्ध किसानले अहिले कुखुराको उत्पादन बढेको बताए तापनि ह्याचरी संघका अनुसार उत्पादन खासै बढेको छैन । आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…