एमाले अवरोधकै बीच विनियोजन विधेयक पास गर्ने सरकारको तयारी

काठमाडौं, ४ असोज । प्रतिनिधिसभाको बैठक आज (सोमबार) विहानै बस्दैछ । संसदमा पेश भएको प्रतिस्थापन विधेयक पारित नभएका कारणले सरकारले ‘बजेट होलिडे’ सामना गरिरहेको छ । आजको प्रतिनिधिसभा बैठकबाट विनियोजन विधेयक पारित गर्ने र असोज १२ गतेभित्र राष्ट्रियसभाबाट पारित गरेर ‘बजेट होलिडे’ अन्त्य गर्ने सरकारको तयारी छ ।

भदौ २३ गतेबाट शुरु भएको प्रतिनिधिसभाको नयाँ अधिवेशनमा प्रमुख प्रतीपक्ष नेकपा एमालेले लगातार नाराबाजी गर्दै आएको छ । सभामुखको विरोधमा एमालेले अवरोध जारी राखे पनि विनियोजन विधेयक पारित गर्ने सरकारको तयारी छ । ‘प्रतिपक्षले संसदमा नाराबाजी गरे पनि बजेट पारित गर्न अब सरकारले ढिलाई गर्दैन’, सत्तारुढ दलका एक नेताले भने ।

आज ११ बजेपछि बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची संसद सचिवालयले प्रकाशित गरेको छ । जसमा विनियोजन विधेयकमाथि छलफल र जवाफ दिने तय गरिएको छ ।

आज विनियोजन विधेयक २०७८ को मन्त्रालयगत शीर्षकहरुमाथि छलफल हुनेछ । छलफलमा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची पनि छ । संसदमा दर्ता भएका संशोधन प्रस्तावहरु र विनियोजन विधेयक निणयार्थ पेश गरिने कार्यसूचीमा उल्लेख छ । आजैको बैठकमा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नेछन् ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…