त्रिवि अन्तर्गतका सबै कलेजमा आजदेखि भौतिक उपस्थितिमै पढाइ

काठमाडौं, १ असोज । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै कलेजमा आज (शुक्रबार) देखि विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा सञ्चालन हुने भएको छ । कोरोनाको दोस्रो लहर सुरु भएपछि बन्द रहेका कलेज आजदेखि भौतिक उपस्थितिमै सञ्चालन हुन लागेका हुन् ।

कोरोना महामारीको सम्भावित जोखिमबाट बच्न विशेष सर्तकता अपनाएर विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न लागिएको त्रिविका सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले जानकारी दिए ।

त्रिवि कार्यकारी परिषद्को २७ भदौमा बसेको बैठकले सर्तकता अपनाउँदै विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । आजदेखि सम्बन्धित स्थानीय तहले तोकेको समय सीमा र मापदण्डभित्र रहेर त्रिवि अन्तर्गतका देशैभरीका कलेज सञ्चालन हुँदैछन् ।
नेपालमा त्रिविको सम्बन्धन प्राप्त क्याम्पसको संख्या १,४२५ छन् । जसमा १३७ आङ्गिक, ५०८ सामुदायिक र ७८० निजी क्याम्पस सञ्चालनमा रहेका त्रिविले जनाएको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…