लोकसेवा आयोगले नयाँ पदपूर्ति र बढुवा प्रक्रिया अगाडि बढ्यो

काठमाडौं, १ असोज । लोकसेवा आयोगले कोभिड–१९ को महामारीका कारण राष्ट्रसेवक कर्मचारीको नयाँ पदपूर्ति र बढुवासम्बन्धी रोकिएका कामलाई धमाधम अगाडि बढाउन थालेको छ ।

आयोगले सरकारी सेवालाई थप प्रभावकारी बनाउन नयाँ पदको सिर्जना गरी पदपूर्ति गर्न र कर्मचारीको वृत्तिविकास गर्न हरेक वर्ष खुला तथा आन्तरिक प्रतिस्पर्धाबाट पदपूर्ति तथा बढुवाका प्रक्रिया गर्दै आएको छ । तर विगत दुई वर्षमा कोभिडको महामारीले गर्दा प्रकाशित भइसकेका पदका लागि परीक्षासमेत सञ्चालन हुन सकेका थिएनन् ।

त्यसले गर्दा नेपाल सरकारले माग गरेका पदको नयाँ पदपूर्ति पनि हुन सकिरहेको थिएन ।कोभिडको प्रभाव कम भएसँगै विगतमा स्थगित भएका विभिन्न तहका परीक्षा सञ्चालन भइसकेका छन् भने पदपूर्ति र बढुवाको अन्तिम प्रतिफल पनि प्रकाशित हुने क्रम पनि जारी रहेको छ । आयोगका प्रवक्ता तोयानारायण सुवेदीका अनुसार आर्थिक वर्ष २०७६ /७७ र २०७७ / ७८ गरी दुई वर्ष रोकिएका सबै पदका परीक्षा सञ्चालन भइसकेका छन् । ती दुई वर्षका सहसचिव तथा उपसचिव तहका कार्यक्षमता र ज्येष्ठताको बढुवाको परीक्षाफल प्रकाशित भई पदस्थापन पनि भइसकेको छ भने खुला तथा आन्तरिक प्रतिस्पर्धाका पदमा लिखित परीक्षा सञ्चालन भई परीक्षाफल प्रकाशित गर्ने तयारी भइरहेको छ ।

प्रवक्ता सुवेदीले भने, ‘सहसचिव र उपसचिव पदको परीक्षाफल प्रकाशित गर्ने अन्तिम चरणमा पुगेको छ तर शाखा अधिकृतदेखि तल्ला पदका विषयमा अदालतमा मुद्दा परिरहेकोले त्यसको टुङ्गो लागेपछि मात्र बाँकी काम अगाडि बढाइने भएका छन् ।’

कोभिडले प्रभावित पारेपछि विगत दुई वर्षको अवधिमा गर्न नसकिएका नयाँ पदपूर्ति तथा बढुवा प्रक्रियाको करिब चार हजार कर्मचारीको छनोट गर्ने काम आयोगले पछिल्ला दिनमा सम्पन्न गरिसकेको छ । प्रवक्ता सुवेदीका अनुसार कोभिडको प्रभाव कम हुने बित्तिकै आयोगको कार्यालयमा स्वास्थ्यका मापदण्ड पूरा गरेर भए पनि परीक्षा सञ्चालन गरेको छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…