न गठ, न बन्धन

काठमाडौं, ३१ भदौं । नेपाली बृहत् शब्दकोशले गठ शब्दलाई यसरी अर्थ्याएको छ– ‘एकै ठाउँमा एकै उद्देश्यले हुने धेरै जनाको बटुलो, जम्मा, भेला । मतो वा सल्लाह मिलेका मानिसहरूको समूह ।’ बन्धनको अर्थ छ, ‘बाँध्ने काम ।’

सिंगो गठबन्धन शब्दको अर्थ हुन्छ, ‘कुनै कामकुराका लागि एक भएर मिल्ने काम परस्परको मिलोमतो । कुनै स्वार्थसिद्धिका लागि गरिने आपसी साँठगाँठ ।’ कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा गठबन्धन सरकार बनेको दुई महिना बित्यो । तर, अझैसम्म यसमा न गठबन्धनको स्वरूप देखिएको छ, न चरित्र नै । उल्टै बरु गठबन्धनमा सहभागी दलहरूबीच खटपट बढेको छ ।
अध्यादेश गलपासो
संसद् छलेर ल्याइएको राजनीतिक दलसम्बन्धी अध्यादेश नै सत्ता गठबन्धनको गलपासो बनेको छ । प्रधानमन्त्रीमा शेरबहादुर देउवाका पक्षमा बहुमत पुर्‍याउन ल्याइएको अध्यादेशले अहिले गठबन्धनका दलमा हलचल पैदा गरेको छ । अध्यादेश फिर्ता लिन गठबन्धन भित्रैबाट देउवामाथि चर्को दबाब छ । तर, देउवाले निर्णय नगर्दा मन्त्रिपरिषद् विस्तार र उच्चस्तरीय संयन्त्र गठनलगायत काम रोकिएको नेताहरू बताउँछन् ।

‘अध्यादेश फिर्ता नहुँदा सत्ता गठबन्धनमा खाडल देखिएको हो,’ जसपा अध्यक्ष उपेन्द्र यादवले भने, ‘अध्यादेश फिर्ता नभएसम्म मन्त्रिपरिषद् विस्तार हुँदैन ।’ संसदीय दल वा केन्द्रीय समितिका २० प्रतिशत सदस्यले अलग्गै दल दर्ता गर्न पाउने अध्यादेशको प्रावधानले सत्ता गठबन्धनका दल झस्केका हुन्। गठबन्धनको साझेदार जसपाले उक्त अध्यादेश फिर्ता नलिई मन्त्रालय भागबण्डा र मन्त्रिपरिषद् गठन नगर्न देउवामाथि दबाब दिएको छ ।

अध्यादेशलाई खारेज नगरी मन्त्रिपरिषद् विस्तार गर्दा मन्त्रीमा नअटेका सांसदहरूले पार्टी फुटाउन सक्ने जसपाको बुझाई छ । ‘हामीसँग त प्रधानमन्त्री ज्यू अध्यादेश खारेज गर्छु, भन्नुहुन्छ । तर, खै, अहिलेसम्म किन नगर्नुभएको हो ?’ यादवले आश्चर्य व्यक्त गरे । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…