हानिकारक स्यानिटाइजर र मास्क छ्यापछ्याप्ती

काठमाडौं, ३० भदौं । के तपाईंले प्रयोग गरिरहेको स्यानिटाइजर र मास्क गुणस्तरयुक्त छ त ? यसमा ध्यान नगएको हुन सक्छ है ! बजारमा गुणस्तरहीन सामग्री छ्यापछ्याप्ती पाइएका छन् । औषधि व्यवस्था विभागले गत वर्ष अनुगमन गर्दा २० कम्पनीबाट उत्पादित स्यानिटाइजर प्रयोग गर्नै नहुने पाइएको थियो । तर, मानव स्वास्थ्यलाई घातक त्यस्ता वस्तुको बिक्रीवितरण अझै रोकिएको छैन ।

‘कानुनी प्रक्रिया पुर्‍याएरै दर्ता गर्छन् । तर, उत्पादनका बेला गुणस्तर मापदण्ड पूरा गर्दैनन्’, विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसी भन्छन्, ‘बजार निरीक्षण गर्न गर्‍यौं । शंका लाग्यो । प्रयोगशालामा नमुना परीक्षण गर्दा मापदण्डअनुसार पाइएन ।’
विभागमा मंगलबार व्यवसायीहरू फाइल बोकेर यताउता गरिरहेका थिए । वरिष्ठ औषधि व्यवस्थापक केसीको टेबलको आधा भागमा फाइलको चाङ थियो । केसी तिनै फाइलमा हस्ताक्षर गरिरहेका थिए ।

कतिपयले विभागमा दर्ता नै नगरी यस्ता स्वास्थ्य सामग्री अवैध ढंगले उत्पादन गरिरहेका छन् । सम्पर्कमा आएका केही व्यवसायीसँग दर्ता नम्बर माग्दा उनीहरूले आनाकानी गरे । कति होलान् यस्ता कम्पनी ? अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…