तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरको विमति

काबुल, ३० भदौं । तालिबानको अन्तरिम सरकारमा विभाजन देखिएको छ । तालिबानका वरिष्ठ अधिकारीले बीबीसीसँग यो कुरा बताएका हुन् । ती अधिकारीले बीबीसीलाई बताएअनुसार राष्ट्रपति भवनमा तालिबानका सहसंस्थापक मुल्ला गनी बरादरको समूह र एक जना मन्त्रीबीच झगडा भएको थियो । केही दिनयता मुल्ला बरादर सार्वजनिक रूपमा देखापरेका छैनन् । यसपछि तालिबनभित्र नेतृत्वका विषयमा जारी विवाद सतहमा आएको हो ।

तर तालिबानले आधिकारिक रूपमा यो रिपोर्टलाई अस्वीकार गरेको छ । गत अगस्ट १५ तारिख अफगानिस्तानको सत्ता कब्जा गरेको तालिबानले गत सेप्टेम्बर ७ का दिन आफ्नो अन्तरिम सरकार घोषणा गरेको हो ।

जसको मन्त्रिमण्डलमा सबै सदस्य पुरुष मात्र छन् । साथै शीर्ष स्थानमा त्यस्ता व्यक्ति छन्, जो अफगानिस्तानमा दुई दशकसम्म भएको युद्धका क्रममा अमेरिकी सेनाविरुद्ध आक्रमणका लागि कुख्यात छन् ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…